9 years ago
May 10, 2017
माले (माल्दिभ्स) – माल्दिभ्समा सम्पन्न १८/३० वुमन्स फुटसाल फिएस्टामा नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले उत्कृष्ट खेलाडीको उपाधि जितेकी छन्।

तस्बिर: इमेजेस डट एमभी
प्रतियोगिताको उत्कृष्ट ५ खेलाडीलाई आयोजकले ट्रफी प्रदान गरेको थियो। सावित्राको टोलीले प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो। कुर्कुच्चाको चोटका कारण प्रतियोगिताको एक खेल गुमाएकी सावित्राले सेमिफाइनल खेलमा चोटका कारण खुलेर खेल्न सकेकी थिइनन्। उनको टोलीलाई सेमिफाइनलमा पराजित गरेको धिवेही सिफांगेले फाइनलमा फेनाका क्लबसंग ११-२को फराकिलो हार व्येहोरेको थियो। उनले आफुले खेलेको ३ खेलमा क्विन अफ द म्याचको उपाधि जितेकी थिइन्।
सावित्रासंगै नेपालकी अनिता बस्नेत पनि माल्दिभ्स एअरपोर्ट क्लबबाट खेलेकी थिइन्। सावित्राले प्रतियोगितामा खेलेका ४ खेलमा १३ गोल गरेकी थिइन्। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थाइल्याण्डकि ससिचाले उच्च गोलकर्ताको उपाधि पनि जितिन।
सावित्रा र अनिता दुवै बुधबार नेपाल आइपुगेका छन्।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]