9 years ago
May 14, 2017
जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत आइतबार भएको खेलमा रोहित चन्दको क्लब पर्सिजा जाकर्ताले मिट्रा कुकारसंग १-१को बराबरी खेल्दै लिगमा हारको शृंखलालाई अन्त्य गरेको छ।

फाइल तस्बिर
लिगको छैठौं चरणको खेलमा पर्सिजाका लुइज जुनियरले ३७औं मिनेटमा गरेको गोलले पर्सिजाले अग्रता लिएको थियो। तर, खेलको अन्तिम समयतिर केहि दबाबमा परेपछि पर्सिजाले घरेलु मैदानमा महत्वपूर्ण ३ अंक जोड्न सकेन। मोहमद सिसोकोले मिट्राका लागि ९०औं मिनेटमा गोल गर्दै खेलमा अंक बाँड्न बाध्य पारेका थिए। ३२ वर्षीय सिसोकोले यसअघि आफ्नो करियरमा लिभरपुल, युभेन्टस, पीएसजी लगायतका युरोपका ठुला क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। रोहितले खेलको पुरै समय खेलेका थिए।
लिगको पहिलो खेलमा जित हात परेको पर्सिजाले दोश्रो खेलमा बराबरी खेलेको थियो। त्यसयता लगातार ३ खेलमा पराजय भोगेको पर्सिजा यस साता लिगको अन्तिम ३ स्थानमा पुगेको थियो। यस बराबरीसंगै ६ खेलमा ५ अंक जोडेको रोहितको टोली १६औं स्थानमा यथावत छ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]