default_image

9 years ago

May 16, 2017

मलेसियामा हुने मैत्रीपूर्ण खेलका लागि अन्तिम नामावलीको घोषणा

159 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेष्ठ ८ र १० गतेका दिन मलेसियाविरुद्ध हुने २ मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तिम नामावली एन्फाले सार्वजनिक गरेको छ।

दुइ सातायता प्रशिक्षणमा रहेको टोलीबाट २० खेलाडी अन्तिम छनोटमा परेका हुन्। गत डिसेम्बरमा भारतमा  आयोजना भएको साफ च्याम्पियनसिपको लागि घोषित टोलीबाट प्रशिक्षक कुमार थापाले एक खेलाडी परिवर्तन गरेका छन्।

चोटका कारण १ वर्षदेखि विश्राममा रहेकी मिडफिल्डर सजना रानाले टोलीमा पुनरागमन गरेकी छिन भने आर्मी क्लबकी दिपा अधिकारीको नाम अन्तिम नामावलीमा अटेको छैन।

अन्तिम छनोटमा परेका २० खेलाडीको नाम यस प्रकार छ:
अन्जली थुम्बा सुब्बा
नमिता कुमारी दली
अन्जना राना मगर
अन्जली वाईबा
मन माया लिम्बु
पुनम जर्ग मगर
गीता राना
कविता धिमाल
सपना लामा
दिपा राई
अनिता बस्नेत
सजना राना मगर
रेनुका नगरकोटी
अन्जली योन्जन
सावित्रा भण्डारी
कृष्णा खत्री
शर्मिला थापा
निर्मला बिक
सरु लिम्बु

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.