9 years ago
May 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – मलेसिया र नेपालको महिला राष्ट्रिय टोली बीचको मैत्रीपूर्ण खेलमा सहभागी हुन मलेसिया प्रस्थान गर्न लागेको नेपाली टोलीलाई एन्फाले शुक्रबार बिदाई गरेको छ।

मलेसियाको सबाह स्टेटको कोटा किनाब्लुमा यहि जेठ ८ र १० गते आयोजना हुने खेलमा सहभागी हुन २८ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। २० खेलाडी र ८ अफीसियल सम्मिलित नेपाली टोली भोलि मलेसिया पुग्ने कार्यक्रम रहेको छ।
नेपाली टोली क्वालालम्पुर हुँदै खेलस्थल प्रस्थान गर्दैछ। आगामी वर्ष हुने साफ च्याम्पियनसिपको तयारीका लागि एन्फाले राष्ट्रिय टोलीको तयारी तीव्र बनाउँदै गएको छ।
खेलाडी र अफिसियलको नाम यसप्रकार छ:
एन्जिला तुम्बापो सुब्बा
नमिता कुमारी दली
अन्जना राना मगर
अन्जली वाईबा
मन माया लिम्बु
पुनम जर्घा मगर
गीता राना
कविता धिमाल
सपना लामा
दिपा राई
अनिता बस्नेत
सजना राना मगर
रेनुका नगरकोटी
अन्जली योन्जन
सावित्रा भण्डारी
कृष्णा खत्री
शर्मिला थापा
निर्मला बिक
सरु लिम्बु
अफिसियल:
प्रशिक्षक – कुमार थापा
व्यवस्थापक – शिवानी थापा
मैदान व्यवस्थापक – बिन्द्रा देवान
फिजियो- भूमिका कायस्थ
मिडिया – प्रिया कार्की
अफिसियल- प्रेम श्रेष्ठ
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]