default_image

9 years ago

May 20, 2017

“मलेसियालाई फेरी हराउनेमा विश्वस्त छु ” – प्रशिक्षक कुमार थापा

148 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – २०७३ साल पौष २ गतेका दिन कुमार थापा आफ्नो झन्डै डेढ दशक लामो फुटबल करियरको नयाँ पाटोमा औपचारिक रुपमा प्रवेश गरे। साफ च्याम्पियनसिप २०१६को लागि नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थापाले त्यस दिन नेपाल र मलेसियाबिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै आफ्नो प्रशिक्षण यात्रा सुरु गरेका थिए। उनको नियुक्तिसँगै नेपाली महिला फुटबलले नयाँ युगमा प्रवेश पाएको चर्चा पनि भएको थियो।

मलेसियासँग नेपालमा खेलिएको उक्त खेल इतिहासमै पहिलो पटक नेपाली भूमिमा खेलिएको महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो र सावित्रा भण्डारीको गोलमा नेपालले १-०को जित हात पारेको थियो। त्यसपश्चात साफ च्याम्पीयनसिपमा सहभागी हुन भारत पुगेको नेपाली टोलीको यात्रा सेमिफाइनलसम्म मात्र तय भएपनि नेपालले राम्रो प्रदर्शन गरेको थियो।

अर्को पटक साफ च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी नेपालको भएकाले नेपाली टोलीले अहिलेदेखिनै त्यसको लागि योजना बनाएर कटिबद्ध भइसकेको प्रशिक्षक कुमार थापाले बताएका छन्। “भारतबाट फर्केपछि सबै खेलाडी आ-आफ्नो विभागमा रहेर प्रशिक्षण गरिरहेका थिए। तर एन्फाले आगामी साफ च्याम्पियनसिपलाई ध्यान राख्दै नियमित रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण गर्ने योजना ल्याएपछि हामि हाल साताको २ पटक प्रशिक्षण गर्दैछौं।”

राष्ट्रिय टोलीमा रहेका २० खेलाडीसँगै विभागीय टोलीसँग समन्वय गरेर उत्कृष्ट केहि खेलाडीसहित राष्ट्रिय टोलीले गएको २ साता दैनिक प्रशिक्षण गरेको थियो। “हामीले ३ महिना प्रशिक्षण गरेर मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएका थियौं, तर मलेसियाले आमन्त्रण गरेपछि हामीले विदेशी भूमिमा गएर खेल्दा खेलाडीहरुमा थप उर्जाका साथसाथै अनुभव थपिने भएकाले उक्त आमन्त्रण स्विकार्यौं। ३ महिनामा साताको २ सेसनको दरले २४ सेसन प्रशिक्षण हुन्थ्यो भने, हामीले अहिले २ साता प्रशिक्षणमा मैत्रीपूर्ण खेललाई पुग्दो तयारी गरेका छौं। चुनावका कारणले केहि असर परेपनि म राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु।”

लामो समयपछि एकतृत भएको टोलीले पुरानो लय समातेर राम्रो प्रदर्शन गर्नेमा पनि प्रशिक्षक थापा ढुक्क छन्। “हाम्रो तयारीको समय सोचेअनुरुप नभएपनि खेलाडीहरुले बितेको २ सातामा राम्रो तयारी गरेका छन्। हामीले टोलीका केहि खेलाडीलाई ढिला पाएपनि उनीहरुलाई टोलीसँग रिझ्न समय लाग्दैन जस्तो लाग्छ।”

मलेसियालाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा पराजित गरेका थापा त्यहाँ गएर खेल्दा केहि असहज हुने भएपनि अनुकुल नतिजा निकाल्न भने गार्हो नहुने बताउँछन्। “हामीले मलेसियासँग ५ महिनाअघि खेल्दा र अहिले धेरै फरक छ। हामीले त्यो समयमा खेलमा पकड बनाएपनि गोल निस्कन गार्हो भएको थियो। मलेसिया आफैं प्रतियोगिताको तयारीमा रहेको छ र हामीलाई त्यहाँ खेल्न पक्कै सजिलो हुँदैन। तर, हाम्रो टोली जित दर्ता गर्न सक्षम छ।”

नेपालले मलेसियासँग जेठ ८ र १० गते मलेसियास्थित सबाह स्टेटको कोटा किनाब्लुमा खेल्दैछ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.