default_image

7 years ago

May 20, 2017

माल्दिभ्समा किरणको टोलीको बराबरीमा रोकियो

माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगको दोस्रो चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको टोलीले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटलाई १-१ को बराबरीमा रोक्न सफल भएको छ । यसअघि पहिलो चरणमा ग्रिन स्ट्रिटसँग ३-१ ले पराजित टि.सी. स्पोर्ट्सले पहिलो हाफमा १-० ले पछि परेको […]

22 views

0 Bookmark

माले (एजेन्सी) – माल्दिभ्सको पहिलो दर्जाको लिग धिवेही प्रिमियर लिगको दोस्रो चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको टोलीले यसै सिजन धिवेही प्रिमिएर लिगमा बढुवा हुँदै प्रवेश गरेको ग्रिन स्ट्रिटलाई १-१ को बराबरीमा रोक्न सफल भएको छ ।

तस्बिर : maldivesoccer.com

यसअघि पहिलो चरणमा ग्रिन स्ट्रिटसँग ३-१ ले पराजित टि.सी. स्पोर्ट्सले पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा दोस्रो हाफको गोलसंगै बराबरी गर्न सफल भएको हो ।

पहिलो हाफमा आक्रमक देखिएको ग्रिन स्ट्रिटलाई खेलको छैठौं मिनेटमा किरणले उत्कृष्ट बचाऊ गर्दै अग्रता लिनबाट बन्चित गरेका थिए। सोबोल इलियाको फ्रि-किकलाई किरणले बिफल पारेका थिए। तर इलियाकै फ्रि किकमा धिवेही प्रिमियर लिगको नवप्रवेशी टोलीले अग्रता लिएको थियो ।

किरणको टि.सी. स्पोर्ट्सले दोस्रो हाफमा पेनाल्टी मार्फत गोल गर्दै बराबरी गर्यो । कोर्निलिवेस स्टेवार्टले पेनाल्टी मार्फत गोल गरेपछि टि.सी. स्पोर्ट्स खेलमा फर्किएको थियो ।

बराबरीसँगै टि.सी. स्पोर्ट्स ८ खेलमा ३ पराजय , २ बराबरी र ३ जितसँगै ११ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.