9 years ago
May 21, 2017
जाकार्ता (एजेन्सी)– नेपाली राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दको क्लब इन्डोनेसियाको पर्सिजा जाकार्ताले लिगा १ मा अर्को बराबरी खेलेको छ । पर्सिजा र बाली युनाइटेडबीच आइतबार भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

फाइल तस्बिर
२७ औं मिनेटमा लुइज जुनियरले पेनाल्टी चुकाएपछि रोहितको टोलीले अग्रताको मौका गुमाएको थियो । पहिलो रोजाइमा परेका रोहितले पुरै समय खेलेका थिए । अघिल्लो साता उनको टोली मिट्रा कुकारसँग १–१ को बराबरी खेलेका थियो ।
७ खेलपछि पर्सिजा ६ अंकसहित १५ औं स्थानमा छ ।७ खेलमा १ खेलमात्र जितेको पर्सिजाले ३ खेलमा बराबरी गरेको छ भने ३ खेल नै हारिसकेको छ ।
रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा रोहितको टोलीको १ अंक मात्र बढी छ । १६ अंकसहित पिएसएम लिगा १ को शीर्षस्थानमा रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]