9 years ago
May 22, 2017
एजेन्सी – नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबिचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल १-१को बराबरीमा सम्पन्न भएको छ। कोटा किनाब्लुस्थित लिकस रंगशालामा खेलिएको खेलमा नेपालले १ गोल पछि परेको स्थितिलाई उल्टाउँदै बराबरीमा ल्याएको थियो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोश्रो हाफको ६४औं मिनेटमा मलेसियाका लागि फरवार्ड दाद्री रफिनसले अग्रता दिलाएकी थिइन्। तर त्यसको तीन मिनेट नबित्दै नेपालको लागि सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। सावित्राको यो मलेसिया विरुद्ध लगातर दोश्रो खेलमा गोल हो। उनकै गोलमा नेपालले ५ महिनाअघि मलेसियालाई पराजित गरेको थियो।
नेपालको लागि सजना राना मगरले टोलीको कप्तानी गरेकी थिइन्। नेपाल र मलेसियाबिचको दोश्रो खेल जेठ १० गते बिहिबार सोहि रंगशालामा खेलिनेछ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]