default_image

9 years ago

May 23, 2017

मलेसियाविरुद्ध उच्च प्रदर्शन गर्ने थापाको विश्वास

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भोली घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मलेसियाबीचको सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । प्रशिक्षक कुमार थापा अघिल्लो खेलकै पहिलो रोजाईलाई उतार्ने तयारीमा छन् ।

पहिलो खेलमा १–० ले पछि परेको नेपालले ६७ औं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको थियो । सावित्रा भण्डारीले गोल खाएको तिन मिनेटमै बराबरी गोल गरेकी थिइन् । सावित्राकै गोलमा नेपालले ५ महिनाअघि एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा मलेसियालाई १–० ले हराएको थियो ।

युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए । मलेसियन खेलाडीले फिजिकल्ली खेले,’ थापाले हाम्रो खेलकुद डट कमसँग भने,‘ तर २० मिनेटपछि हाम्रो टोलीले स्वभाविक प्रदर्शन गर्दै लय समात्यो । मलाई विश्वास छ दोस्रो खेलमा प्रदर्शन सुधारिनेछ ।’ दोस्रो खेलको पहिलो रोजाईका बारेमा उनले थपे,‘हामी पुरानै ११ बाट सुरु गर्नेछौं । सम्भवतः दोस्रो हाफमा केही खेलाडी परिवर्तन गरिनेछ ।’

खेल मलेसियाको स्थानिय समय अनुसार ३ः४५मा सुरु हुने थापाले जानकारी दिए ।

नेपालको सम्भावित पहिलो रोजाई:

एन्जिला सुब्बा (गोलकिपर), सजना राना (कप्तान), पुनम जर्घा मगर, हिरा कुमारी, गिता राना, सावित्रा भण्डारी, अनिता बस्नेत, रेणुका नगरकोटी, मनमाया लिम्बु , अञ्जली कुमारी, दिपा राई

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.