default_image

9 years ago

May 23, 2017

नेपाल र मलेसिया बुधबार दिउँसो खेल्दै

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने मैत्रीपूर्ण शृंखला अन्तर्गत बुधबार दिउँसो नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको पहिलो खेलमा १-१को बराबरी खेलेका टोली भोलि त्यसै रंगशालामा भिड्दै छन्।

युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए । मलेसियन खेलाडीले फिजिकल्ली खेले,’ थापाले हाम्रो खेलकुद डट कमसँग भने,‘ तर २० मिनेटपछि हाम्रो टोलीले स्वभाविक प्रदर्शन गर्दै लय समात्यो । मलाई विश्वास छ दोस्रो खेलमा प्रदर्शन सुधारिनेछ ।’ दोस्रो खेलको पहिलो रोजाईका बारेमा उनले थपे,‘हामी पुरानै ११ बाट सुरु गर्नेछौं । सम्भवतः दोस्रो हाफमा केही खेलाडी परिवर्तन गरिनेछ।’

सोमबार भएको पहिलो खेलमा अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेकी सजना राना मगरले नेपालको कप्तानी गरेकी थिइन्। मलेसियाविरुद्ध २ खेलमा २ गोल गरेकी सावित्रा आफ्नो लयलाई कायम राख्ने सूरमा हुनेछिन्

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार दिउँसो १:३० बजे सुरु हुनेछ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.