8 years ago
May 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीच आगामी जेठ २३ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने पक्का भएको छ। भारतको मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गर्ने बताएको छ।
स्टार स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रसारण गर्ने पक्का भएसंगै त्यसै कम्पनिको डिजिटल एप हटस्टारले पनि सो खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। स्टार स्पोर्ट्सले भारतका अन्य अन्तर्राष्ट्रिय खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने सम्झौता गरेको छ।
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]