default_image

9 years ago

June 2, 2017

रोहित इन्डोनेसियाबाटै भारत जाने

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेको नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि उतैबाट भारतको मुम्बई पुग्ने भएका छन् । जेठ २३ गते भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका जापानीज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २० सदस्यीय टोलीको नाम घोषणा गर्दा रोहित त्यसमा समेटिएका छन् ।

‘समय अभावका कारण नेपाल आएर जान नमिल्ने भएकाले रोहित उतैबाटै मुम्बई पुग्नेछन्,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,‘रोहितलाई रिलिज गर्नका लागि आवश्यक प्रक्रिया क्लबसँग पुरा गरिसकेको छौं ।’

पर्सिजा जाकार्ताबाट खेलिरहेको रोहित शनिबार मुम्बई पुग्ने तुलाधरले जानकारी दिए । गत बर्ष झन्डै बर्षदिन मैदान बाहिर रहेका रोहितले फिलिपिन्सविरुद्धको एसियन कप छनोटअन्तर्गत चैत १५ गतेको खेलमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । नेपालले उक्त गरे ४–१ ले गुमाएको थियो ।

एसियन कपकै छनोट अन्तर्गत जेठ ३० गते यमनसँग घरेलु मैदानमा हुने तयारीको सिलसिलामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली टोली आइतबार भारत प्रस्थान गर्ने बताइएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.