9 years ago
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र फ्रेन्डस क्लबले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा च्यासलले विभागीय नेपाल एपिएफ क्लबलाई २–० ले तथा फ्रेन्डस्ले सुदुर पश्चिमाञ्चल फुटबल क्लबमाथि ४–१ को सहज जित निकालेको हो ।

फोटो: एन्फा
च्यासलको प्रतियोगितामा पहिलो जित हो भने फ्रेन्डसको यो लगातार दोस्रो जित हो । च्यासल पहिलो खेलमा झापा–११ सँग १–१ गोलको बराबरीमा रोकिएको थियो । फ्रेन्डसले पहिलो खेलमा मनाङ–मस्र्याङ्दी क्बलमाथि ३–० को सहज जित निकालेको थियो । समूह ‘ए’ को खेलमा नेपाल एपिएफ क्लबमाथि २–० को सहज जित निकाल्दा सुसन श्रेष्ठ र सन्नी व्यन्जनकारले गोल गरे । १९ औं मिनेटमा सुसनको गोलबाट अग्रता बनाएको च्यासलका लागि ५२ औं मिनेटमा सन्नीले गरेको गोल च्यासलको जितमा निर्णायक बन्यो । जितपछि समूह ‘ए’ मा चार अंक जोडेको च्यासलले क्वार्टरफाइनल प्रवेशलाई जीवितै राखेको छ । एपिएफ र सरस्वतीको समान तीन अंक छ ।
यस्तै शुक्रबारै भएको अर्काे खेलमा सुदुरपश्चिममाथि ४–१ को जित दर्ता गर्दा दिपेश प्रसाईंले दुई तथा रुमेश बर्ताैला र धिरज श्रेष्ठले एक–एक गोल गरे । फ्रेन्डसले सबै चार गोल पहिलो हाफमा गरेको थियो । ११ औं मिनेटमा दिपेश प्रसाईंको गोलबाट अग्रता लिएको फ्रेन्डसका लागि पहिलो गोल गरेको चार मिनेटपछि रुमेश बर्ताैलाले गोल गर्दै अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा धिरजले टिमको लागि तेस्रो गोल गर्दा ४५ औं मिनेटमा दिपेशले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । सुदुरका लागि सान्त्वना गोल राजेन्द्र देउवाले ७८औं मिनेटमा गरेका थिए। जितपछि समूह ‘बी’ मा लगातार दोस्रो जित निकालेको फ्रेन्डसको ६ अंक छ । समूहमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको पनि ६ अंक नै छ ।
प्रतियोगिता अन्तर्गत शनिबार न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लब तथा मोरङ फुटबल क्लबले विभागीय नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]