default_image

9 years ago

June 2, 2017

पर्सिजाको जितमा रोहितको सानदार गोल

120 views

0 Bookmark

जकार्ता (एजेन्सी)– रोहित चन्दले सानदार गोल गरेपछि पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिगा १ मा शुक्रबार एरिमा फुटबल क्लबलाई २–० ले पराजित गरेको छ ।

Rohit Chand

लिगमा संघर्ष गरिरहेको पर्सिजाको यो सिजनको आठौं खेलमा तेस्रो जित मात्र हो । २ जित, ३ बराबरी र ३ हारपछि जाकार्ताको ९ अंकसहित १५ औं स्थानमा रहेको छ । घरेलु मैदानमा २३ औ मिनेटमा ब्राजिलियन स्ट्राइकर ब्रुनो लोपेजले जाकार्तालाई अग्रता दिलाएका थिए ।

त्यसको ५ मिनेट पछि रोहितले गोल गर्दै गोलअन्तरलाई दोब्बर पारे । राष्ट्रिय टोलीबाट भारतसँग मैत्रीपूर्ण खेलका लागि यात्रामा निस्कनु एक दिनअघि रोहित गोल गर्न सफल भएका हुन् । रोहितले पेनाल्टी बक्स बाहिरबाट गरेको कडा प्रहारलाई विपक्षी गोलकिपरले रोक्न सकेनन् ।

अंक तालिकामा छैठौ स्थानमा रहेको एरिमा फुटबल क्लबबाट यसअघि रोहित ट्रायलमा गएपछि छनोट हुन सकेका थिएनन् । भारतको मुम्बईमा नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलका लागि रोहित शनिबार त्यसतर्फ लाग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै बताइसकेको छ ।

भिडियो

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.