9 years ago
June 3, 2017
सबिन शेर्मा
झापा – विर्ता युनाइटेड झापा प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पथरी स्पोर्टिङ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै विर्ता युनाइटेड अन्तिम चारमा पुगेको हो ।

विकी चौधरीले विर्ताका लागि दुई गोल गरेको खेलमा विशाल राई र आशिष चापागाईले समान १ गोल गरे । पराजित टोलीका लागि एकमात्र गोल कप्तान दीपक राईले गरे । म्यान अफ दी म्याच घोषित पथरीका कप्तान दीपकले २ हजार रुपैयाँ प्राप्त गरे ।
जलथल एफसीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । जेठ २३ गते सम्म चल्ने प्रतियोगिताको दोस्रो टोलीले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान ४ हजार रुपैयाँ पाउनेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]