काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब जर्ज सनसाइन एफसी भिक्टोरिया प्रिमियर लिगमा लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबारको अवे खेलमा सनसाइन मोरल्यान्ड सिटीसँग ४–१ ले पराजित भएको थियो ।
अघिल्लो साता जगजितको गोलका वावजुद उनको टोली मोरेल्यान्ड जेब्रासँग २–१ ले पराजित भएको थियो । १७ खेलको समाप्तीमा उनको टोली २२ अंकका साथ आठौं स्थानमा यथावत छ ।
२० टोलीको सहभागिता रहेको लिगमा जगजितको टोलीले १७ खेलमध्ये ६ मा जित ४ बराबरी र ७ खेलमा हारको सामना गरेको छ ।