9 years ago
June 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सावित्रा भण्डारी एक्लले १० गोल गरेपछि एन्फा महिला लिग च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार स्याङ्जाले पाँचथरलाई १६–० ले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत पाल्पामा शनिबार झापा र कञ्चनपुर महिला फुटबल टिम विजयी भएका छन् । सोही प्रतियोगिताको स्याङ्जामा आयोजक स्याङ्जासहित मोरङ , रौतहट विजयी भएका छन् ।

स्याङ्जा महिला फुटबल टिम ।
एकतर्फी खेलमा सावित्राले पाँचरथविरुद्ध २, ७, ११, १५, २३, ३७, ४६, ५०, ५८ र ७८ औं मिनेटमा मिनेटमा गोल गरिन् । त्यस्तै सजना रानाले ३२, ५४, ७९ र ८० औं मिनेटमा, लेख माया मास्केले ३५ औं र रिया बानुले ७२ औं मिनेटमा गोल गरिन् ।
पाल्पामा सम्झना लावतीको ४ गोलसँगै झापाले महोत्तरीलाई ८–० ले हराएको थियो । सम्झनाले १३, २७, ३५ र ६० औं मिनेटमा, दिक्षा चौधरीले ५८ र ७२ मिनेटमा, रमिका तामाङले ६ र यमुना अधिकारीले ७७ औं मिनेटमा गोल गरे ।
दोश्रो खेलमा कन्चनपुरले मकवानपुरलाई ४–२ ले पराजित गर्यो । कन्चनपुरका लागि प्रियंका रानाले ४७ र ७१ औं मिनेटमा, निलम सिंहले पििहलो हाफको इन्जुरी समयमा र अन्जली चन्दले ६६ औं मिनेटमा गोल गरिन् । मकवानपुरका लागि केशरी पाख्रिनले १४ र सुनिता बोम्जनले १६ औं मिनेटमा गोल गरिन् । भोजपुर र काठमाडौंबीचको तेस्रो खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो ।
उता स्याङ्जामा बाँके र सर्लाहीले १–१ को बराबरी खेले । सर्लाहीका लागि रबिना गोलेले २३ औं मिनेटमा गोल गरेपनि बाँकेका लागि निलिमा थारुले २९ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । बराबरीपछि सर्लाही समूह विजेताका रुपमा क्वार्टरफाइनल पुगेको छ ।
शुक्रबार बर्षाका कारण स्थगित खेल शनिबार खेलाउँदा मोरङले बर्दियालाई ५–० ले हरायो । मोरङका लागि सरु लिम्बूले ५, ६७, ७४ र ८३ औं मिनेटमा ४ गोल गरिन् भने अर्को गोल फिना राईले गरेकी थिइन् ।
अर्को खेलमा रश्मीकुमारी घिसिङको ५ गोल सँगै रौतहटले धनकुटालाई १०–० ले पराजित गरेको थियो । रश्मीले २२, ३८, ५७, ६१, र ६३ र्औ मिनेटमा मिनेटमा, रजनी थोकरले २४ र ३४ औं मिनेटमा, अस्मिता बैद्यले चौथो, मिथिला कुश्वारले १५ औं , र सुमित्रा पाख्रिनले २८ औं मिनेटमा गोल गरेकी थिइन् ।

झापा महिला फुटबल टिम ।

रौतहट महिला फुटबल टिम ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]