default_image

9 years ago

June 4, 2017

हङकङमा सहारा क्लबलाई सहयोग

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा हङकङमा आज सहारा साँझ कार्यक्रम भएको छ । सो अवसरमा सुकुटी ग्रुप हङकङले सहारा एकेडेमीको अक्षयकोषका लागि संकलन गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई प्रदान गरिएको थियो ।


सहारा साँझका लागि अध्यक्ष आचार्यसहितको टोली केही दिनअघि त्यसतर्फ प्रस्थान गरेको थियो । टोलीमा पोखराबाट गायक जयकुमार परियार, दृष्टिविहिन सरिता अधिकारी, प्रिया गुरुङ लगायतका छन् । त्यस्तै काठमाडौंबाट सुगम पोखरेल, समृद्धी राई र नृत्य मा मीन गुरुङ पनि सहारा साँझका लागि पुगेका छन् ।

सहारा क्लबले पोखराको दोबिल्लामा रहेको एकेडेमीमा विभिन्न जिल्लाका २८ अनाथ बालकलाई आश्रय दिइरहेको छ । उनीहरुले एकेडेमीबाट निशुल्क शिक्षासहित फुटबल प्रशिक्षण समेत गर्दै आएका छन् । क्लबले एकेडेमीका लागि अलग्गै स्थापना गरेको अक्षयकोषमा १ करोडभन्दा बढी रकम संकलन भइसकेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.