default_image

9 years ago

June 5, 2017

विक्रम र रबिनको अनुपस्थितिले नेपाललाई समस्या

195 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ (हाम्रो खेलकुद) – मुम्बईमा मंगलबार भारतविरुद्ध हुने मैत्रीपूर्ण खेल जेठ ३० गते हुने एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि तयारीको रुपमा लिइएको छ। फिलिपिन्सविरुद्ध खेलिएको पछिल्लो खेलको टोलीबाट ५ खेलाडी परिवर्तन गरिएकाले टोलीमा केहि नयाँपन आएको छ।

फिलिपिन्स विरुद्धलको खेलमा रातो कार्ड पाएका कारण विक्रम लामा टोलीमा सहभागी रहने छैनन् प्रशिक्षक कोजीले मैत्रीपूर्ण खेललाई यमनसँगको खेलको तयारीका लागि लिएको हुनाले लामा भारत जाने टोलीमा नपरेका हुन् लामासँगै चोटका कारण विश्राममा रहेका डिफेन्डर रबिन श्रेष्ठ, रंजित धिमाल र रन्जन बिष्ट पनि टोलीमा रहने छैनन्। रबिन फिलिपीन्सको खेलमा घाइते भएपछि नेपाल आएर शल्यक्रिया गरेका थिए भने रंजितले प्रशिक्षणका दौरान चोट बोकेका हुन्। फरवार्ड रन्जन विष्ट भने जन्डिस भएका कारण यो पालिको प्रशिक्षणमा सहभागी भएनन्।

यी खेलाडीको अनुपस्थितिले टोलीमा केहि असर पर्ने भने प्रशिक्षक कोजी सहर्ष स्वीकार्छन्। “रबिन र बिक्रम हाम्रो सुरुवाती एघारमै खेल्ने खेलाडी हुन्। उनीहरुको साथ नहुनु टोलीलाई पक्कैपनि ठुलो घाटा हो। भारत र यमनविरुद्धको खेलमा उनीहरुको खेलसँगै अनुभव पनि टोलीले गुमाउने छ।”

यद्दपी टोलीमा रहेका अन्य खेलाडीले उनीहरुको स्थानमा राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक ढुक्क छन्। “हामीलाई पहिलेदेखिनै यी खेलाडीहरु उपलब्ध नहुने भन्ने थाहा थियो। त्यसैले हामीले लामो समयदेखि यसलाई मध्यनजर गर्दै प्रशिक्षण गरेका छौं। टोलीमा उनीहरुको स्थानमा खेल्ने खेलाडी पनि छन् र हामीले प्रशिक्षणमा मेहेनत गरेर टि खेलाडीलाई परिपक्व बनाउने कोसिस गरेका छौँ।”

प्रशिक्षक कोजीले नयाँ खेलाडीका रुपमा को-को सुरुवाती एघारमा पर्छन भन्ने प्रश्नमा भने हाँस्दै जवाफ दिए। “हामीले प्रशिक्षणमा धेरै मेहेनत गरेका छौँ। अहिलेनै को खेल्छ भन्ने खुलाउन सक्दिन। तर, हामीले गरेको मेहेनत मैदानमा देखिनेछ भन्नेमा विश्वास दिलाउन चाहन्छु।”

विक्रमको अनुपस्थितिमा विशाल राई र हेमन गुरुङले टोलीमा रोहित चन्दसँग मिडफिल्डमा खेल्नेछन् भने लेफ्ट ब्याकमा बिराज महर्जन खेल्ने सम्भावना रहेको छ

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.