9 years ago
June 5, 2017
अर्जुन कार्की
बागलुङ – बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिता एक दिन पछिबाट मात्र सुरु हुने भएको छ । प्राविधिक कारणवश एक दिन पछिबाट सुरु गर्नु पर्ने भएको प्रतियोगिताका संयोजक टकबहादुर बोहोराले जानकारी दिए ।

हामीले खेल सोमबारदेखिनै गर्ने भनेका थियौं संयोजक बोहोराले भने ‘प्रतियोगितामा सहभागि हुने टिमहरुले सम्पूर्ण खेलाडीहरुको नामावली उपलब्ध नगराएकोले खेल सर्न पुगेको हो ।’ प्रतियोगितामा सहभागि हुने टिमहरुको नामावली आजनै प्राप्त हुने र बेलुका सम्म खेलको टाईसेट प्रकाशित गरि मंगलबारदेखि खेल संचालन गरिने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
लिगमा सहभागि हुने टिमले ४ जना जिल्ला बाहिरका खेलाडी राख्न पाउने प्रावधान छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]