default_image

7 years ago

June 6, 2017

प्रशिक्षक कोजीलाई कर्णको जवाफ

काठमाडौँ (हाम्रो खेलकुद) – भारत विरुद्ध मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको अन्तिम २०मा पर्न असफल रहेका फरवार्ड कर्ण लिम्बुले फेसबुक मार्फत मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जवाफ दिएका छन्। प्रशिक्षक कोजीले कर्णको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको दिनमै कर्णले फेसबुकमा स्ट्याटस लेख्दै प्रशिक्षकलाई प्रतिक्रिया दिएका छन्। कर्णको फेसबुक स्ट्याटस जस्ताको तस्तै: “Karna Limbu (Nepal International) जे भए […]

80 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – भारत विरुद्ध मैत्रीपूर्ण खेल खेल्न जाने टोलीको अन्तिम २०मा पर्न असफल रहेका फरवार्ड कर्ण लिम्बुले फेसबुक मार्फत मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जवाफ दिएका छन्। प्रशिक्षक कोजीले कर्णको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको दिनमै कर्णले फेसबुकमा स्ट्याटस लेख्दै प्रशिक्षकलाई प्रतिक्रिया दिएका छन्।

कर्णको फेसबुक स्ट्याटस जस्ताको तस्तै:

“Karna Limbu (Nepal International) जे भए पनि सुरु मा नमस्कार !

कोजि जि तपाईं जापान (बिदेश) बाट आउनु भएको त्यो थाहा छ तर तपाईं एउटा राम्रो अनि असल कोच होईन भन्ने कुरा तपाईं को अन्तरर्बार्ता बाट बुझे म एक अनुसासन हिन खेलाडी म कर्ण लिम्बू ले!

यदि तपाईं साची कै कोच हो भने तपाईं किन सबै खेलाडी लाई समान ब्यबहार गर्नु हुन्न ? किन मलाई मात्रै अनि म मात्रै किन training बाट बन्चित गर्नु हुन्छ त ? के मैले अनि तपाईं ले मन नपराएको खेलाडी ले तपाईं को training लिनु हुन्न भन्ने छ भने ओ के !

कि मैले तपाईं लाई good morning नभनेर हो कि आखिर किन मैले त केही गल्ती गरे जस्तो लाग्दैन आखिर किन? त्याहा सबै खेलाडी हरु ले पनि बल बिगार्थियो त तर म लगाएत अरु (जो नाम अलि नचलेको) लाई गाली गर्ने अनि जो तपाईं को प्यारो हरु लाई गर्ने गाली मा किन फरक हुन्थियो आखिर किन?

हाम्रो गल्ती लाई पूरा कडाई का साथ लिईन्थ्यो तर अरु को गल्ती लाई आफै ढाक छोप गरि अगाडि बडाइन्थ्यो आखिर किन के हामी सिक्नु अनि तपाईं सिकाउन आउनु भएको हैन र ?

मन परेको ले जे गर्दा पनि हुने अनि अनि हामी ले चाहिँ अलि केही गर्यो कि त्यसै मा ठूलो कुरा निकाल्ने आखिर किन?

कोच हो तपाईं कोच को भुमिका गर्नु होस तर सौता को छोरा छोरी जस्तो कसै लाई काखा अनि कसैलाई पाखा नगर्नु होस हाम्रो पनि मुटु अनि मन हुन्छ हामी लाई पनि दु:ख अनि मन रुन्छ!

आज खेलाउछ भन्यो छैन भोलि खेलाउछ भन्यो छैन सधै अन्तिम जब ४-५ गोल खान्छ अनि हाल्यो न बल छुन पाउछ अनि कहाँ बाट खेल देखाउन पाउछ ?

अगाडि नै थाहा हुन्थ्यो कि म बाहिर भनेर, सचिन तेन्दुल्कर लाई fast bowler बन भन्दा भन्न सक्छ? सक्दैन

हो कोच भएपछी बुझ्नु पर्यो कि को खेलाडी के मा राम्रो अनि के कुरा राम्रो बनाउन सक्छ जस्को कारण टिम लाई फाईदा पुग्छ भनेर ?

तपाईं को पारा ले हो भने त खेल्ने खेलाडी पनि खेल्न बिर्सिन्छ, कुनै एक दिन भन्नू होस कि मलाई तपाईं ले राम्रो टिम बाट अनि राम्रो सङ्ग खेल्ने मौका दिनु भएको अनि म तपाईं लाई कोच हो भन्छु ?

तपाई लाई त के अरु खेलाडी लाई पनि थाहा होला कर्ण लिम्बू लाई कति खेलाउथियो अनि कति बाहिर भनेर!

तपाईं ले मलाई खेलाडी होईन जस्तो ब्याबहार गर्नु हुन्छ हुन्छ भने म चाहिँ किन तपाईं लाई ब्याबहार कोच को सम्मान दिनु ?

तपाईं ले गर्नु भएको ब्याबहार ले एक हप्ता अगाडि नै छाड्नु लागेको थिए तर साथी भाइ ले नजाउ भनेको कारण अन्तिम दिन सम्म बसेको हो!

अनि तपाईं ले भन्नू भयो कि मैले छाडेर गएको भनेर तर मैले त तपाईं लाई सोधेर गएको हो आखिर मलाई किन तपाईं ले नसोधी गयो भनेर आरोप लगाउनु भयो ?

मैले म्यानेजर बिराट सर लाई भनेर तपाईं लाई सोध्नु लगाएर अनि तपाईं ले जादा हुन्छ भनेर मात्रै गएको हो त आखिर किन अहिले मलाई लगाउदै हुनुहुन्छ ?

सायद तपाईं लाई मेरो खाचो परेको भए मैले जाउ भन्दा पनि तपाईं ले पक्कै पनि जा भन्नु हुन्न थियो किनकी हामी लाई पनि थाहा छ खेल्दिन भन्ने खेलाडी लाई तपाईं ले जबर्जस्ती खेल खेल भनेको तर तपाईं लाई म धेरै भएको थिए मेरो कारण ले अरु को (जो तपाईं को प्यारो ) ठाउँ जान्छ भन्ने थाहा थियो हो

यदि म अनुशासन हिन हो भने तपाईं के हो त ?

मेरो प्यारो साथी हरु लाई धेरै भन्दा धेरै धन्यबाद साथ दिनु भएको मा, अनि,भोलि को लागि गुड्लक जितेर आउनु अनि सायद म नहुदा जित्छ होला म हुदा त फिलिपिन्स सन्ङ्ग ४ खायो म नहुदा ८ हान्नु फिलिपिन्स लाई

नेपाली हो नेपाली भएको मा गर्व लाग्छ तर यो नसम्झानु कि कोजि को कारण ले कर्ण लिम्बू ले फुट्बल खेल्दैन भनेर

“यु विल मेक मि स्ट्रोन्ङ्ग कोजि,

आई विल कम ब्याक टु बि स्ट्रोन्ङ्गर”

#जय_नेपाल

#जय_नेपाली_फुट्बल”

 

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.