9 years ago
June 7, 2017
सबिन शेर्मा
झापा – विर्तामोड युनाइटेडले प्रथम हल्दिबारी गाँउपालिका गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सैनिक युथ क्लबलाई मंगलबार २–० ले हराउँदै विर्तामोडले उपाधि जितेको हो । विर्तामोडको जितमा विशाल राई र आशिष चौधरीले गरेका थिए ।

फाइनलको म्यान अफ दी म्याच विर्तामोडका योगेश गुरुङ भए र उनले २ हजार रुपैयाँ प्राप्त गरे । जलथल एफसीले आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । विर्तामोडका योगेश गुरुङ फाइनल अफ दी म्याच घोषित भएर उनले २ हजार रुपैयाँ प्राप्त गरे ।
सैनिकका गणेश हेर्मुम प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै विर्तामोडका विशाल मुखिया उत्कृष्ट गोलकिपर, सैनिकका दिलेन लोक्तान उत्कृष्ट रक्षक, विर्तामोडका पुजन उपरकोटी उत्कृष्ट मिडफिल्ड र सोही क्लबका विशाल राई उत्कृष्ट फरवार्ड चुनिए ।
प्रतियोगितामा गणेश हेर्मुम, विर्तामोडका विशाल र विक्की चौधरी उच्च गोलकर्ता बने । सर्वोत्कृष्टले र उच्च गोलकर्ताले समान ६ हजार तथा उत्कृष्टले समान ४ हजार रुपैयाँ प्राप्त गरे । जेठ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।



December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]