9 years ago
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । प्रतियोगिता अन्तर्गत बुधबार क्वार्टरफाइनल पुग्न जित्नै पर्ने खेलमा शेर्पाले न्युरोड टिम एनआरटीलाई ६–४ ले पराजित गर्दै अन्तिमा आठमा प्रवेश गर्न सफल भएको हो ।

समूह ‘सी’ बाट जावलाखेल समूह विजेता तथा शेर्पा उपविजेता बन्यो । गतवर्षको उपविजेता टोली जगदम्बा लुम्बिनीको पनि समान ६ अंक भएपनि ३ टोलीको एकआपसको नतिजाको गोल भिन्नताको आधारमा जावलाखेल र शेर्पा अन्तिम आठमा पुग्न सफल भएका हुन्। शेर्पाको जितमा अविनाश गुरुङले ह्याट्रिक गरे । यस्तै बेल प्रसाद गुरुङले दुई तथा विशाल तामाङले एक गोल गरे । एनआरटीका लागि सजन राई, मनिस पौडेल, सनिस खड्गी र अशोक थापामगरले गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा गोलको वर्षा भएको खेलमा शेर्पाले खेलको चौथो मिनेटमा नै अग्रता बनाएको थियो । शेर्पाका लागि बेल प्रसाद गुरुङले गोल गरेका थिए । एनआरटीका सजिन राईले १९ औं मिनेटमा बराबरी गोल फर्काए । तर, त्यो बराबरी गोल लामो समय टिकेन । २४ औं मिनेटमा बेल प्रसादले नै गोल गर्दै शेर्पालाई पुनः अग्रता दिलाए । बिशाल तामाङले ३२ औं मिनेटमा गोल गर्दै शेर्पालाई ३–१ को अवस्थामा पु¥यायो । ३७ औं मिनेटमा अविनाश गुरुङले गोल गर्दै खेललाई आफ्नो टिमको पक्षमा पारेको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा मनिस पौडेलले गोल गर्दै गोल अन्तर कम गरे ।
दोश्रो हाफको ५४ औं मिनेटमा सनिस खड्गीले गोल गर्दै एनआरटीलाई ४–३ को स्थितिमा ल्याएका थिए । ६२ औं मिनेटमा अविनाशले गोल गर्दै गोल अन्तर बढायो । लगत्तै ६९ औं मिनेटमा अविनाशले गोल गर्दै ह्याट्रिक पुरा गर्दा शेर्पाले खेललाई ६–३ को स्थितिमा पुर्यायो । एनआरटीका अशोक थापामगरले खेलको इन्ज्युरी समयमा गोल गरेपनि त्यो एनआरटीलाई जिताउन पर्याप्त बनेन ।
यस्तै बुधबारै भएको अर्काे खेलमा मोरङ फुटबल क्लबले ब्रिगेड व्वाइजलाई २–० ले पारजित गर्यो । मोरङका लागि रोशन न्यौपाने र रोहित गिरीले गोल गरे ।
प्रतियोगिताको क्वार्टरफाइनल खेल बिहिबारबाट शुरु हुनेछ । क्वार्टर फाइनलको पहिलो खेलमा एपिएफले फ्रेन्डस् क्लबको सामना गर्नेछ । दोस्रो खेलमा सरस्वतीले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]