default_image

9 years ago

June 8, 2017

आर्मी र फ्रेन्ड्स ललित स्मृति यू १८ को सेमिफाइनलमा

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब दोस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आर्मीले सरस्वती क्लबलाई ५–० र फ्रेन्ड्सले एपिएफलाई ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

एपिएफविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै फ्रेन्ड्सका खेलाडी ।

रोमाञ्चक खेलमा एपिएफसँग २–० ले पछि परेको खेल उल्टाउँदै फ्रेन्ड्स अघि बढ्न सफल भयो । पहिलो क्वाटरफाइनलमा फ्रेन्ड्स जिताउन आशिष केसी, दिक्षित थापा र निशान थापा मगरले गोल गरे । त्यसअघि एपिएफका अजित वाइबा र प्रदिप रानाले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमा अजितको गोलबाट एपिएफले अग्रता लिएको थिथयो । ३३ औं मिनेटमा प्रदिपले गोल गरेपछि एपिएफको अग्रता पहिलो हाफमै २–० को बनेको थियो । फ्रेन्ड्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दा एपिएफले अग्रता जोगाउन सकेन । ५० औं मिनेटमा आशिषले गोल गरे भने ७९ औं मिनेटमा फ्रेन्ड्सका दिक्षितले बराबरी गोल गरे । अन्तिम मिनेटमा निशानले गोल गर्दै फ्रेन्ड्सलाई सफलता दिलाए ।

एक पक्षिय खेलमा आर्मीलाई जित दिलाउन दिनेश योञ्जन, रिसव राज अधिकारी र गौरव गुरुङले गोल गरे । टोलीले दुई गोल उपहार पाएको थियो । रिसवको गोलबाट १४ औं मिनेटमा अग्रता बनाएको आर्मीका लागि ६९ औं मिनेटमा दिनेशले अग्रता दोब्बर पारे ।

७८ औं मिनेटमा सञ्जित राईले आत्मघाती गोल गर्दै आर्मीको अग्रता ३–० बनेको थियो । ८४ औं मिनेटमा आर्मीका गौरवले गोल गरे । इन्जुरी समयमा सरस्वतीका मनीषा खड्काले आत्मघाती गोल गर्दा आर्मीको जित थप फराकिलो बनेको थियो ।

प्रतियोगिता अन्र्तगत शुक्रबार जावलाखेल र संकटा तथा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.