9 years ago
June 8, 2017
अर्जुन कार्की
बागलुङ – बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार रस आवर फुटसल, फ्युचर स्पोर्टस् क्लब र चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब विजयी भएका छन् । रस आवरले मुलपानी खेलकुद विकास समितिलाई २–१, फ्युचरले पावर फिटनेस क्लबलाई र चिल्ड्रेन लाइफले युनिक स्पोर्टस क्लबलाई ८–० ले हराएको थियो ।

जिल्लाको बाङ्गेचौर खेलमैदानमा भएको समूह ‘ख’ अन्तर्गत खेलको पहिलो हाफको १४ औं मिनेटमा गणेश विसीको गोलबाट अग्रता लिएको रस आवरका लागिे दोस्रो हाफको छैटौं मिनेटमा शंखर थापाले गोल गरे । मुलपानीका सचिन केसीले दोस्रो हाफको २० औं मिनेटमा गोल फर्काएपनि टोलीले खेललाई बराबरी गर्न सकेन ।
अर्को खेलको पाँचौं मिनेटमा पूर्णबहादुर गुरुङले गरेको गोल फ्युचरको जितका लागि पर्याप्त रह्यो । जितसँगै फ्युचरले दुई खेलबाट ६ अंक जोडेको छ । पावर फिटनेसको २ खेलम १ अंक मात्र छ । अर्को खेलमा चिल्ड्रन लाइफले सहज जित हासिल गर्यो । जित सँगै चिल्ड्रेन लाइफको ३ खेलमा ७ अंक पुगेको छ । युनिक स्पोर्टस् क्लब ३ खेलमा लगातार हार बेहोर्दै प्रतियोगितबाट बाहिरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
जिल्ला लिग अन्तर्गत शुक्रबार समूह ‘क’को बागलुङ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब, समुह ‘ख’मा फयुचर स्पोर्टस् र रस आवर तथा मुलपानी र पावर फिटनेसबीच प्रतिस्पर्धा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]