9 years ago
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्र्तगत घरेलु मैदानमा मंगलबार यमनविरुद्धको खेलको सम्पूर्ण टिकट अनलाइनबाट बित्री हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

अनलाइन टिकटको जिम्मा इ–सेवाले लिएको एन्फाले मंगलबार जनाकारी गरायो । एन्फाले यमनविरुद्धको खेलका लागि जम्मा सात सय टिकट बेच्ने यसअघि नै बताएको थियो । टिकटको मुल्य १ हजार तोकिएको छ । टिकट जेठ २७ गते शनिबार बिहान १० बजेबाट बिक्री गरिनेछ । एक जना दर्शकले बढीमा दुई टिकट मात्र किन्न पाउने प्रावधान राखिएको इ–सेवाले जनाएको छ ।
यसैबीच एन्फाले यमनको टोली २८ गते आइतबार र म्याच अफिसियल र रेफ्रीहरु शनिबार काठमाडौं आइपुग्ने बताएको छ । नेपाल र यमनबीचको खेल यही मंगलबार हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा दिउसो तीनबजेपछि शुरु हुनेछ ।
टिकटिङको लागि एन्फाले इ सेवासँग दुई वर्षको सम्झौता भएको बताए । सम्झौता अनुसार इ–सेवाले लिग लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको टिकटको जिम्मेवारी पनि पाएको छ । इ–सेवाको प्रमुख कार्यक्र अधिकृत रोशन लामिछानेले एन्फासँग इ–सेवा जोडिन पाउदा खुशी लागेको बताए ।
‘यसअघि हामी क्रिकेटसँग जोडिएका थियौं । अब फुटबलसँग पनि जोडिएको छ ।’ लामिछानेले भने, ‘कमिसन बेसिसमा हामी एन्फासँग जोडिएका हौं । अनलाइनमार्फत टिकट बिक्री हुदा ब्ल्याकमा बेचिने रिस्क कम हुने हामीले विश्वास लिएका छौं ।’ इसेवाले टिकट बिक्रिको कुल ५ प्रतिशत आफ्नो भागमा राख्नेछ, जसमा टिकट बिक्रि गर्ने सिस्टमदेखि सम्पूर्ण प्रक्रियामा लाग्ने खर्च समावेश हुनेछ।
एएफसी एसियन कपको छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो भने यमनले ताजिकिस्तानलाई २–१ ले पराजित गरेको थियो ।

टिकटको नमुना
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]