9 years ago
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट प्रशिक्षकले उत्कृष्ट खेलाडी विदित मान तुलाधरलाई सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेसनमा प्रशिक्षणका लागि छनोट गरेका छन्।

कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा आयोजना भएको थियो। पाँचदिने प्रशिक्षण क्याम्पमा १२ औं पटक च्याम्पियनस लिग जित्न सफल रियल मड्रिड क्लबका पूर्व खेलाडी तथा युइएफए को ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकद्धय ड्यानियल ल्याण्डबुरु रोटेला र राफायल पालासियसले प्रशिक्षण दिएका थिए। उनीहरुलाई नेपालका ६ प्रशिक्षक थम्मन भुषाल, सनोज श्रेष्ठ, विना श्रेष्ठ, राजु श्रेष्ठ, नवीन महर्जन र निर्मल लामाले सहयोग गरेका थिए।
विदेशी प्रशिक्षकद्वय रोटेला र पालासियसले ६५ खेलाडीमध्य उत्कृष्ट रहेका विदितलाई चुन्दै उनलाई सिंगापुर लग्ने भएका हुन्। १४ वर्षका विदित रोजबड स्कुलमा पढ्दै आएका छन्। ग्रासरुट्स फुटबल एकेडेमीमा प्रशिक्षण गर्दै आएका विदित डिफेन्डर हुन्।
प्रशिक्षक रोटेला र पालासियसले थुप्रै खेलाडीबाट १ जना खेलाडीको नाम भन्न निकै कठिनाइ भएपनि विदित उत्कृष्ट मध्येका उत्कृष्ट रहेकाले उनलाई चुनिएको बताए। विदितले आफु छनोट भएपछि खुसि व्यक्त गर्दै यो अवसरको भरपुर फाइदा लिने बताए। “मलाई म आफैं छनोट हुन्छु जस्तो लागेको थिएन, तर अब यस्तो अवसरलाई म सक्दो उपयोग गर्नेछु। मा एकदम मिहेनत गरेर राम्रो खेलाडी बन्ने प्रयास गर्नेछु।”

विदितका प्रशिक्षक राजु श्रेष्ठले पनि विदित एकदम राम्रो खेलाडी रहेको बताए। ग्रासरुट फुटबल एकेडेमीका टेक्निकल डाइरेक्टर समेत रहेका उनि विदितका स्कुलका प्रशिक्षक पनि हुन्। “विदित एकदम अनुशासित र मेहेनती खेलाडी हुन्। मलाई उनको प्रतिभामा पूर्ण विश्वास छ र उनले त्यहाँ पनि राम्रो गर्नेछन्। उनि एक कुशल खेलाडी सँगै राम्रा विद्यार्थी पनि हुन्। अध्ययनमा पनि उनि अब्बल दर्जामा आउने गर्दछन्।”
शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालिका प्रबन्ध निर्देशक विजय कुमार खत्रीले विदेशमा गएर नेपाली खेलाडीलाई प्रशिक्षण गर्ने मंच प्रदान गर्न पाउँदा निकै खुसि महसुस भएको बताए। “हामीले नेपालमै विदेशी प्रशिक्षकहरुलाई निम्त्याएर नेपाली खेलाडीहरुलाई उच्च दर्जाको प्रशिक्षण प्रदान गर्ने लक्ष्य राखेका थियौं। हाम्रो त्यस लक्ष्य पुरा भएसँगै १ खेलाडीले विदेशमा गएर थप प्रशिक्षण गर्न पाउँदा हामी हर्षित छौँ। हामीलाई यस कार्यक्रमले थप उर्जा प्रदान गरेको छ र आउने दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्न हौसला मिलेको छ।”
विदितको सिंगापुर जाने सम्पूर्ण खर्च आयोजाकले व्यहोर्नेछ। उनको सिंगापुर जाने कार्यक्रम बारे सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेसनसँग समन्वय गरेर छिट्टै प्रक्रिया थालिने खत्रीले जानकारी दिए।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]