default_image

9 years ago

June 9, 2017

ताप्लेजुङलाई महिला लिगको उपाधि

111 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – रौतहटलाई फाइनल खेलमा पराजित गर्दै ताप्लेजुङले एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को उपाधि जितेको छ।

अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल टिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । ताप्लेजुङ्गका लागि भुजुङ्गा राईले २३ र ५५ मिनेटमा गोल गरेकी थिइन्।

प्रतियोगिताको विजेता ताप्लेजुङ महिला फुटबल टिमले नगद र ३ लाख सहित विजेता ट्रफी प्राप्त गर्यो भने उपविजेता रौतहट महिला फुटबल टिमले नगद र १ लाख ५० हजारमा चित्त बुझायो।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर ताप्लेजुङकी लिला लामगादे, उत्कृष्ट डिफेन्डर ताप्लेजुङकी गिता राना, उत्कृष्ट मिडफिल्डर ताप्लेजुङकी अनिता बस्नेत, उत्कृष्ट फरवार्ड रौतहटकी रश्मि कुमारी घिसिङ्ग तथा उत्कृष्ट प्रशिक्षक ताप्लेजुङका देब कुमार मादेन हुन सफल भएका छन् । उत्कृष्ट सबैले नगद रु १५ हजार प्राप्त गर्न सफल भएका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.