default_image

9 years ago

June 9, 2017

पुलिस र संकटा सेमिफाइनलमा प्रवेश

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ को गोल अन्तरमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।

पुलिसले फाइनल प्रवेशका लागि अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले बिहिबार सरस्वती क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन अभिषेक रिजालले दुई र राजिभ लोप्चनले एक गोल गरे । शेर्पाका लागि अविनास तामाङ र दिवस बोहोराले गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने शेर्पाले लिएको थियो । ११ औं मिनेटमा शेर्पाका अविनाश तामाङले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा पुलिसका राजिव लोप्चनले गोल गर्दै खेललाई पहिलो हाफमा एक–एक गोलको स्थितिमा ल्याएका थिए ।

खेलको ७४ औं मिनेटमा शेर्पाका दिवस बोहराले गोल गर्दै खेलमा पुन २–१ को अग्रता लियो । खेलमा पछि परेपछि पुलिसले आक्रामक खेल खेल्दै दुई गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । पुलिसका लागि दुवै गोल अभिषेक रिजालले गरे । उनले खेलको ७७ औं र ८४ औं मिनेटमा गोल गर्दै पुलिसको जित पक्का गरे ।

यता, सिएमजी संकटा क्लबले जावलाखेल युथ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । एकपक्षीय बनेको खेलमा जावलाखेललाई जिताउन संकटाका देवराज तामाङले ह्याट्रिक पुरा गरे । लक्ष्मण गुरुङले एक गोल थपे । जावलाखेलका सुसान्त चौधरीले एक गोल फर्काए ।

अब फाइनल प्रवेशका लागि संकटाले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । फ्रेन्ड्स क्लब एपीएफलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । एकपक्षीय बनेको खेलको ३५ औं मिनेटमा देवराज तामाङको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै देवराजले संकटाको अग्रता दोब्बर पार्दा पहलिो हाफमा संकटाले २–० को अग्रता बनायो । ५४ औं मिनेटमा लक्ष्मण गुरुङले गोल गर्दै संकटालाई ३–० को स्थितिमा पुर्याएको थियो । ६७ औं मिनेटमा सुशान्त चौधरीले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने झिनो आशा देखाए । तर, ८८ औं मिनेटमा देवराजले ह्याट्रिक गर्दै संकटालाई सेमिफाइनलमा पुर्याए ।

सेमिफाइनलका दुवै खेल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा फ्रेन्डस क्लबले संकटाको सामना गर्नेछ । भने दोस्रो सेमिफाइनलमा दुई विभागीय त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.