default_image

9 years ago

June 10, 2017

आर्मी र संकटा उपाधिको लागि भिड्ने

164 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय नेपाल पुलिस क्लबलाई तथा संकटाले फ्रेन्डस् क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो।

आर्मीले विभागीय प्रतिद्धन्द्धीलाई ४–० को फराकिलो अन्तरमा निराश पार्दा संकटाले पेनाल्टी सुटआउटमा फ्रेन्डस्लाई ४–२ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । फाइनल खेल एन्फाका कार्यवहाक अध्यक्ष तथा थ्रीस्टार क्लबका अध्यक्ष समेत रहेका स्वर्गीय ललितकृष्ण श्रेष्ठको निधन भएको दिन जेठ २९ सोमबार दिउसो एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ । श्रेष्ठको दुई वर्षअघि जेठ २९ गते निवासमै करेन्ट लागेर निधन भएको थियो ।

एकपक्षीय बनेको खेलमा आर्मीलाई जिताउन दिनेश हेन्जनले ह्याट्रिक गरे । प्रेजेन तामाङले एक गोल थपे । खेलको १५ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । ४४ औं मिनेटमा दिनेशले दोस्रो गोल गर्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफमा पनि आर्मीले थप दुई गोल गर्यो । ७२ औं मिनेटमा दिनेशले गोल गर्दै ह्याट्रिक पुरा गरे । दिनेशले प्रेजेनको पासमा ह्याट्रिक पुरा गरेका थिए। खेल सकिन दुई मिनेट बाँकी रहँदा आर्मीका प्रिजन तामाङले गोल गर्दै टिमको जित पक्का गर्दै फाइनलमा संकटासँगको भेट पक्का गर्यो । त्यसअघि ७८ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटिएको थियो । आर्मीका रोमन लिम्बुले पुलिसका खेलाडीलाई अनावश्यक हातपात गरेको भन्दै रेफ्री कबिन व्यन्जन्कारले रातो कार्ड देखाएका थिए । तर, १० खेलाडीमा समेटिएको फाइदा पुलिसले उठाउन सकेन ।

यस्तै शनिबारै भएको पहिलो सेमिफाइनलमा फ्रेन्डसको चुनौताी पेनाल्टी सुटआउटमा ४–२ ले समाप्त पार्दै संकटा फाइनलमा पुग्न सफल भयो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । संकटाका नविन गुरुङ, दिपेश आलेमगर, देवराज तामाङ र रन्जित गुरुङले गोल गरे । फ्रेन्डस्का निशान थापामगर र दिक्षित थापाले गोल गर्दा सागर थापा, रुमेश बर्ताैला र आशिष केसीले गोल गर्न सकेनन् ।

यसअघि ४२ औं मिनेटमा संकटाका रन्जित गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । पहिलो हाफमा १–० ले पछि परेको फ्रेन्डस्ले दोस्रो हाफ शुरु भएको दोस्रो मिनेटमै बराबरी गोल फर्काए । फ्रेन्डस्का सुमित चोहान मगरले गोल गरेका थिए । त्यसपछि दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान जनही १०–१० हजार प्राप्त गर्नेछ । यसै प्रतियोगितालाई एन्फाले अक्टोवरमा किर्गिस्तानमा आयोजना हुने एएफसी यु–१९ च्याम्पियनसिपको लागि यु–१९ खेलाडीको प्रारम्भिक छनोट गरिने बताएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.