9 years ago
June 10, 2017
अर्जुन कार्की
बागलुङ– फ्युचर स्पोर्टस् क्लब र रस आवर फुटसल बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समुह ‘ख’बाट फ्युचर स्पोर्टस् विजेता र रस आवर उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शनिबार भएको पहिलो खेलमा फ्युचर स्पोर्टस् र रस आवरले गोलरहित बराबरी खेलेपछि दुवै टोली सेमिफाइनल पुग्न सफल भएका हुन् ।

समुह चरणको खेलमा ३ खेलबाट फ्युचर स्पोर्टस् क्लबले ७ र रस आवर फुटसलले ५ अंक जोड्दै अघिल्लो चरण पुगेका हुन् । शनिबार नै भएको समुह ‘ख’को मुलपानी खेलकुद विकास समितिले पावर फिटनेस क्लबलाई २–० ले हरायो । दुवै गोल दोस्रो हाफ भएको थियो । सेमिफाइनल पुग्नका लागि पावर फिटनेसलाई जितको आवश्यकता थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले समान २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
आइतबार पहिलो सेमिफाइनल समुह ‘क’को विजेता चिल्ड्रेन लाईफ स्पोर्टस् क्लब र समुह ‘ख’को उपविजेता रस आवर तथा दोस्रो खेल समुह ‘ख’को विजेता फ्युचर स्पोर्टस् र समुह ‘क’को उपविजेता रुद्रेपिपल युवा क्लब विच हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]