9 years ago
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री हिजो बाट सुरु भइसकेको छ।

इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको दरले ७०० थान टिकट बेचिने एन्फाले यसअघिनै जानकारी दिएको थियो।
टिकट किन्नका लागि इसेवा खाता हुने समर्थकले football.esewa.com.npमा गएर आफैं खरिद गर्न सकिनेछ भने इसेवा नभएका समर्थकले नजिकैको इसेवा एजेन्टमार्फत टिकट खरिद गर्न सक्नेछन्। काठमाडौँभरि इसेवाका ५ हजार एजेन्ट रहेको इसेवाले बताएको छ।
टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने पनि उल्लेख गरिएको छ।

टिकटको नमुना
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]