default_image

9 years ago

June 12, 2017

‘नेपालको टोलीलाई राम्रो बुझेका छौँ’ – यमनका प्रशिक्षक मेब्राटु

106 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – यमनको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्राहम मेब्राटुले आफु नेपाली टोलीसँग परिचित रहेको र नेपाली टोलीलाई सम्मान गर्ने बताए।

प्रशिक्षक मेब्राटुले युद्धका कारण यमनमा लिग हुन नसकेकाले टोलीलाई केहि समस्या रहेको बताए “हामीले डेढ महिना प्रशिक्षण गरेर नेपाल आएका हौँ। यस खेलको तयारीका लागि काएरोमा इजिप्टका केहि क्लबसँग मैत्रीपूर्ण खेल पनि खेलेका छौँ। हामी खेल जित्ने लक्ष्य लिएर आएका हौँ र त्यसमा सफल हुनेमा पूर्ण विश्वास छ।”

टोलीका ५ खेलाडी विदेशी लिगमा व्यस्त रहेका कारण अनुपस्थित रहेको पनि उनले जानकारी दिए “हाम्रा ९ खेलाडी विदेशी लिगमा खेल्दै आएका छन् तर ४ जनामात्र अहिले टोलीमा आवद्ध रहेका छन्। बाँकी खेलाडीलाई क्लबले छाड्न नमानेकाले उपस्थित रहेका छैनन्।” उनले यमनका खेलाडीहरु बहराइन, ओमान र साउदी अरेबियाको लिगमा खेल्दै आएको जानकारी दिए।

प्रशिक्षक अब्राहमले उनको नेपालसँग यो तेश्रो खेल रहेको र विगतझैं यसमा पनि सफलता हात पार्ने विश्वास गरे। “मैले यसअघि सन् २०१३मा नेपालमै यू-२२ टोली र २०१४मा कतारमा भएको मैत्रीपूर्ण खेलमा सिनियर टोलीसँग नेपाललाई पराजित गरिसकेको छु। त्यस समयका खेलाडीहरु अहिलेको टोलीमा छन् र म फेरी नतिजा आफ्नो पोल्टामा पार्ने कोशिशमा हुनेछु।”

उनले फुटबल शान्तिको प्रतिक रहेको र यसले आपसी भाइचारा र देशहरु बिचको सम्बन्धमा पनि सुधार ल्याउने बताए। यमन हाल युद्धमा होमिएको र नेपालमा राम्रो नतिजा ल्याएर देशमा रहेका जनतालाई खुसि दिलाउन प्रयास गर्ने जानकारी दिए।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.