9 years ago
June 12, 2017
अर्जुन कार्की
बागलुङ– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र फ्युचर स्पोर्टस् क्लब बागलुङ जिल्ला लिग फुटबलको उपाधिको लागि भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा रुद्रेपिपल युवा क्लबलाई ३–० ले पराजित गर्दै फ्युचर स्पोर्टस् फाइनलमा प्रवेश गरेको छ ।

आइतबार फ्युचर स्पोर्टस्ले पहिलो हाफमा २–० ले अग्रता लिदा वर्षाको कारण अवरुद्ध भएको खेल सोमबार दोस्रो हाफदेखि खेलाइएको थियो । दोस्रो हाफमा पनि फ्युचर हावि भएको खेलको ३२ मिनेटमा पूर्ण बहादुर गुरुङले गोल गरे । आइतबार प्रमल थापाले २ गोल गरेका थिए । फ्यचर समूह ‘ख’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनल खेलबाट चिल्ड्रेन लाईफ स्पोर्टस् आइतबार नै फाइनल पुगेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले समान २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
फाइनल खेल मंगलबार दिउँसो बाङ्गेचौर खेल मैदानमा हुने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिए । फाइनल खेल सोमबार नै गरिने भनिएतापनि प्राविधिक कारणले खेल सर्न पुगेको महासचिव राजभण्डारीले बताए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]