9 years ago
June 14, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत मंगलबार भएको खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेले। पहिलो खेलमा फिलिपिन्ससँग ४-१ले पराजित भएको नेपालले यस बराबरीसँगै छनोटमा अंकको खाता पनि खोल्यो।
समूह चरणमा शीर्ष २ स्थानमा रहने टोलीले २०१९मा संयुक्त राज्य इमिरेट्समा हुने एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने प्रावधान रहेको छ। समूह ‘एफ’मा फिलिपिन्स, यमन र ताजिकिस्तानसँग रहेको नेपाल २ चरणको खेल समाप्त हुँदा १ अंकसहित तेश्रो स्थानमा छ। शीर्ष स्थानमा २ खेल जित्दै ६ अंक जोडेको फिलिपिन्स छ भने दोश्रो स्थानमा ४ अंक बोकेको यमन रहेको छ। दुवै खेलमा पराजित भएको ताजिकिस्तानले अहिलेसम्म खाता खोलेको छैन र तालिकाको पुछारमा रहेको छ।
४ खेल खेल्न बाँकी रहेको अवस्थामा नेपालले अब अर्को खेल सेप्टेम्बर ५ तारिखमा ताजिकिस्तानसँग घरेलु मैदानमा खेल्नेछ। सम्भवत: उक्त खेल पनि हलचोक स्थित एपीएफ रंगशालामा खेलिने सम्भावना बढ्दो छ। नेपालले त्यसपछि सोहि टोलीसँग अक्टोबर १० तारिखमा ताजिकिस्तान पुगेर चौथो खेल खेल्नेछ।
नोभेम्बर १४मा फिलिपिन्सलाई घरेलु मैदानमा निम्त्याउने नेपालले समूहको अन्तिम खेल यमनसँग खेल्नेछ। यमनसँगको खेल भने कतारको दोहामा हुने भएको छ। उक्त खेल सन २०१९को मार्च २७ तारिखका दिन हुनेछ।
समूहको अंक तालिकाको शीर्ष २ स्थानमा रहन सकेको खण्डमा नेपाल पहिलो पटक एसियन कपको लागि छनोट हुनेछ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]