9 years ago
June 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असारको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका लागि नेपालले तयारी सुरु गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट टोलीको प्रशिक्षण सुरु भएको हो।

कुल ३५ खेलाडीलाई बोलाइएकोमा पहिलो दिनको प्रशिक्षणमा १३ खेलाडीमात्र उपस्थित रहेका थिए। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा प्रकाश अर्याललाई नियुक्त गरिएको छ। राष्ट्रिय टोलीका ११ खेलाडीलाई विश्राम दिइएको र उनीहरुले आइतबारबाट प्रशिक्षण सुरु गर्ने टोलीका व्यवस्थापक एवं एन्फाका सहायक महासचिव संजिव मिश्रले जानकारी दिए।
पहिलो दिनको प्रशिक्षणमा गोलरक्षक एलन न्यौपाने, किशोर गिरि, रोमन रसाइली र अशोक बराल उपस्थित थिए। अन्य खेलाडीहरुमा हेमन्त थापा मगर, तेज तामाङ, अमित तामाङ, पुजन उपरकोटी, अमर डंगोल, निरज बस्नेत, अनिल गुरुङ (जुनियर), सजिन थापा मगर र संजोग राइ उपस्थित रहेका थिए।
प्रशिक्षक मेघराज केसी इन्सट्रक्टर कोर्षका लागि जापानमा रहेकाले टोलीको प्रशिक्षण हाल राष्ट्रिय टोलीका प्रशिक्षक राजु काजी शाक्यले सम्हालेका छन्। केसी सोमबार नेपालआएसँगै उनले टोलीको प्रशिक्षणको जिम्मा लिनेछन्।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]