9 years ago
June 16, 2017
जाकार्ता (एजेन्सी)– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक क्लब पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा शुक्रबार जित हासिल गरेको छ । रोहित पहिलो रोजाइमा नपरेको खेलमा पर्सिजाले श्रीविजायालाई १–० ले हराएको थियो ।

फाइल तस्बिर
हिजो मात्र नेपालबाट इन्डोनेसिया पुगेका कारण पनि रोहितलाई आराम दिइएको हुन सक्छ । यद्दपी रोहितलाई दोस्रो हाफको पहिलो मिनेटमै मैदान प्रवेश गराइएको थियो । विलियम पाकहिकोले दोस्रो मिनेटमा गरेको गोलनै पर्सिजाको जितका लागि पर्याप्त रहेको थियो ।
टोलीको यो लगातार चौथो जित हो । केही साताअघि सम्म निकै पछि रको पर्सिजा जाकार्ता अहिले चौथो स्थानमा रहन सफल भएको छ । ११ खेलमा ५ जित ३ बराबर र त्यत्ति नै हारका साथ टोलीको १८ अंक पुगेगेको छ । शीर्षस्थानमा रहेको माडुरा युनाइटेडको २२ अंक छ ।
एसियन कप छनोटअन्र्गत मंगलबार यमनसँगको होम म्याच खेलेर रोहित बुधबार इन्डोनेसिया प्रस्थान गरेका थिए । यमनविरुद्ध उनले पुरा ९० मिनेट खेलेका थिए । जुन खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका थिए । एसियन कपमा पहिलो खेल फिलिपिन्ससँग ४–१ ले गुमाएपनि अर्को खेलमा यमनसँग बराबरी खेल्दै नेपालले पहिलो अंक जोडेको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]