9 years ago
June 18, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – रुस्लान थ्री स्टार क्लबले माग गर्दै आएको क्षतिपूर्तिका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लब सहमतिको नजिक पुगेका छन् । १ करोड देखि डेढ करोड रुपैयाँ सम्ममा सहमति बन्ने सम्भावना रहेको बुझिएको छ । दुई वा त्यो भन्दा बढी किस्तामा भूक्तानी दिने गरि आज दुवै पक्षबीच सहमति बन्ने सम्भावना बढी छ ।

एन्फाको गल्तिका कारण पहिलो चरण छनोट भएर पनि थ्री स्टारले गत बर्ष पुसमा एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै खेलकुदका सम्बन्धित सबै निकायमा उजुरी दर्ता गराएको थियो । क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना कुनै पनि प्रतियोगितामा भाग नलिने भन्दै थ्री स्टारले बहिष्कार गर्दै आएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी कपमा थ्री स्टारको सहभागिाका लागि चार पटक सम्म पत्र पठाएको थियो । तर, एन्फाले कुनै जानकारी नदिएपछि थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित भएको थियो ।
थ्री स्टारका तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठको दोस्रो स्मृति सभामा जेठ २९ गते एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले क्षतिपूर्ति दिने विषयमा एन्फा सकारात्मक भएपनि क्लबले माग गर्दै आएको ६ करोड रुपैयाँ दिन नसक्ने प्रष्ट पारेका थिए । उनले भनेका थिए,‘हाम्रो गल्तिमा क्लबले खेल्न पाएन त्यसमा हामीलाई पनि दुःख लागेको छ । तर क्लबले जसरी ६ करोड माग गरेको छ त्यसको औचित्य पुष्टि हुँदैन । यद्दपी हामी मुनासिव क्षेतिपूर्ति दिएर यो विषयलाई टुंगाउन चाहन्छौं ।’
सोही कार्यक्रममा एन्फाका पूर्व अध्यक्ष एवंम् सांसद गणेश थापाले पनि दुवै पक्षलाई लचक भइ समस्याको समाधान छिटो गर्न सुझाएका थिए । एन्फा पदाधिकारी र क्लब पदाधिकारीबीच आज पनि छलफल हुने र टुंगिने सम्भावना रहेको एन्फा श्रोतले बतायो । क्लबका पूर्व अध्यक्ष सानुलाल श्रेष्ठको मध्यस्थतामा एन्फा र क्लब सहमतिको नजिक पुगेको बताइएको छ ।
थ्री स्टार पनि कम रकम क्षतिपूर्ति लिएर पनि फुटबलमा फर्कन इच्छुक देखिएको छ भने एन्फा पनि थ्री स्टारको माग सम्बोधन गर्नेमा सकारात्मक देखिएकोले दुई पक्षबीच केही दिन यता दुई पटक छलफल भइसकेको छ । साउन अन्तिम वा भदौंमा लिग सुरु गर्ने योजनामा रहेको एन्फा पनि थ्री स्टारसँगको समस्याको समाधान छिटो निकाल्न सहमतिको लागि लचक भएको बुझिएको छ ।
एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले एन्फाले आयोजना गर्ने प्रतियोगिता मात्र होइन मोफसलमा भएका कुनै पनि प्रतियोगितामा भाग लिएन । आफ्ना तत्कालिन अध्यक्ष श्रेष्ठको स्मृतिमा गत महिना सम्पन्न यू १८ मा पनि थ्री स्टारले भाग लिएन ।
एन्फाले गठन गरेको छानविन समितिले पनि एन्फाकै कमजोरी भएको बताएपनि दोषीको किटान गरेको थिएन । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि दोषीमाथि कारवाही गरि क्लबलाई क्षतिपूर्तिदिन निर्देशन दिएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]