9 years ago
June 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला फुटबल टोलीलाई गोल्छा अर्गानाइजेसनको ‘बजाज पल्सर’ले मुख्य प्रायोजन गरेको छ। राजधानीमा मंगलबार एक कार्यक्रमका बीच गोल्छा अर्गनाइजेसन र त्रिभुवन आर्मी क्लबबीच वार्षिक २५ लाखमा तीन वर्षको ७५ लाखको प्रायोजन सम्झौता भएको हो।

प्रायोजन सम्झौतापत्रमा नेपालमा बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रालिका उपप्रमुख योगेन गुरुङ र सैनिक तथा तालिम केन्द्रका उपरथी देव कुमार सुवेदीले हस्ताक्षर गरे। सम्झौता अनुसार क्लबले नगद लिनेछैन भने जर्सी लगायत खेलसामग्री प्राप्त गर्नेछ। प्रायोजनबापत अब आर्मी क्लबले खेल्ने सम्पूर्ण प्रतियोगितामा बजाज पल्सर लोगो अंकित जर्सी तथा खेल सामग्रीहरु प्रयोग गर्नेछ।
प्रायोजन सम्झौता पछि हंसराज हुलासचन्द बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले आर्मीसँग जोडिन पाउनु कम्पनीको लागि सौभाग्यको कुरा रहेको बताए। ‘कम्पनीले खेललाई सधैं प्राथमिकतामा राखेको छ । हामीले यसअघि जावलाखेललाई पनि प्रायोजन सम्झौता गरेको थियौं।’ गोल्छाले भने, ‘यसपटक राम्रो फुटबल खेलिरहेको आर्मी जस्तो बलियो टिमसँग जोडिन पुगेको छौं ।’ उनले प्रायोजनलाई व्यवसायिक रुपमा मात्र नहेरेको बताउदै सेनाको टोली नेपाली खेलकुदमा उत्कृष्ट टोली रहेको र टोलीमा रहेका खेलाडीले अन्तर्राष्ट्रिय खेलमा उच्च प्रदर्शन गर्दै आएको बताए ।

बजाजले नेपाली खेलकुदमा लामो समयबाट प्रायोजन गर्दै आइरहेको छ । बजाज पल्सरले नेपाल खेलकुद पत्रकार मन्चले वार्षिक रुपमा गर्दै आएको ‘पल्सर स्पोर्ट्स अवार्ड’ लाई पनि प्रायोजन गर्दै आएको छ । यस्तै सम्झौतापछि बोल्दै सैनिक तथा तालिम केन्द्रका उपरथी देव कुमार सुवेदीले नेपाली सेनालाई प्रयोजन गरेकोमा आभार व्यक्त गरे । उनले यस प्रयोजन फुटबल टोलीहरुका लागि मात्र रहेको र अन्य कुनै कम्पनिले अरु कुनै खेलमा प्रयोजन गर्न चाहेमा स्वागत गर्ने बताए।
कार्यक्रममा पुरुष टोलीका कप्तान भारत खवास र महिला टोलीकी कप्तान अन्चाली वाइवाले आर्मीले प्रयोग गर्ने ‘पल्सर’ अंकित नयाँ जर्सी प्रदर्शन गरेका थिए।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]