9 years ago
June 20, 2017
प्रकाश तिमल्सिना
काठमाडौं – रुस्लान थ्री स्टार क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच क्षतिपूर्तिका विषयमा सहमति बनेपनि अन्य प्रक्रिया पुरा गरेरमात्र सार्वजनिक गर्नेमा दुवै पक्ष राजी भएका छन् । आइतबार नै दुईबीचबीच सहमति बन्ने सम्भावना रहेको बताइएपनि विभिन्न कारणले अन्तिम टुंगोमा पुग्न आजसम्म लागेको थियो ।

एन्फाले र थ्री स्टारबीच क्षतिपूर्ति रकम अहिले सार्वजनिक नगर्ने सहमति बनेको छ । कानुनी सल्हाहकारको राय सुझावका आधारमा एन्फाले कसरी क्षतिपूर्ति कसरी दिने भन्ने तय हुनेछ । एन्फा र थ्री स्टारबीच यसअघि नै १ करोड ५० लाख रुपैयाँमा सहमति बन्ने सम्भावना थियो । ‘पहिला छलफल भएकै रकम वरिपरि सहमति बनेको छ,’ बैठकमा रहेका एक पदाधिकारीले भने,‘त्यो बाहेक एन्फाले थ्री स्टारलाई २ देखि ३ वटा अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि व्यवस्था गर्नेछ ।’
एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले क्षतिपूर्तिका विषयमा सहमति बनेको र केही प्रक्रिया पुरा गरेर अघि बढ्ने बताएका छन् । रकम भने उनले खुलाएनन् । उनले भने ‘सबै प्रक्रिया पुरा भएपछि पर्सीसम्ममा सबै सहमति सार्वजनिक गर्नेछौं ।’
एन्फाको गल्तिका कारण पहिलो चरण छनोट भएर पनि थ्री स्टारले गत बर्ष पुसमा एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै खेलकुदका सम्बन्धित सबै निकायमा उजुरी दर्ता गराएको थियो । क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना कुनै पनि प्रतियोगितामा भाग नलिने भन्दै थ्री स्टारले बहिष्कार गर्दै आएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले एएफसी कपमा थ्री स्टारको सहभागिाका लागि चार पटक सम्म पत्र पठाएको थियो । तर, एन्फाले कुनै जानकारी नदिएपछि थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित भएको थियो ।
थ्री स्टार पनि कम रकम क्षतिपूर्ति लिएर पनि फुटबलमा फर्कन इच्छुक देखिएको छ भने एन्फा पनि थ्री स्टारको माग सम्बोधन गर्नेमा सकारात्मक देखिएकोले दुई पक्षबीच केही दिन यता पटक पटक पटक छलफल भएको थियो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]