default_image

8 years ago

June 23, 2017

अष्ट्रेलियामा विवेक पार्रामात्ता एफसीमा अनुबन्धित

116 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू १९ राष्ट्रिय टोलीका पूर्व खेलाडी विवेक प्रताप पन्तलाई अष्ट्रेलियाको न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिगको टोली पार्रामात्ता फुटबल क्लबले अनुबन्धित गरेको छ।

यसअघि अष्ट्रेलियाका अन्य क्लबबाट फुटबल खेलिरहेका विवेकलाई अष्ट्रेलियाको दोश्रो श्रेणीको लिगमा रहेको क्लबले रोजेको हो। उनले गत सिजन न्यु साउथ वेल्सको नेसनल प्रिमियर लिग ३ मा रहेको ग्लाड्सभिल राइड म्याजिक फुटबल क्लबबाट खेलेका थिए। उक्त क्लब अहिले विवेकलाई अनुबन्धन गरेको क्लबभन्दा २ श्रेणी तल रहेको छ।

ग्लाड्सभिल क्लबबाट खेल्दा विवेक (तल्लो पंक्तिको बायाँपट्टि)
तस्बिर: विवेकको इन्स्टाग्राम

विवेकले आफु नयाँ क्लबमा अनुबन्धित हुँदा खुसी महसुस भएको बताएका छन्। अष्ट्रेलियाको यस डिभिजनमा एक क्लबले २ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने प्रावधान  छ।

अर्का नेपाली खेलाडी जगजित श्रेष्ठ हाल भिक्टोरियाको नेसनल प्रिमिएर लिग २ मा खेलिरहेका छन्। जगजित खेलेको क्लब नुनावाडीङ विवेकको क्लब पार्रामात्ताभन्दा एक श्रेणी तल रहेको क्लब हो।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.