8 years ago
June 23, 2017
काठमाडौँ – अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटको नेसनल प्रिमियर लिगको पार्रामात्ता क्लबमा अनुबन्धित भएका २२ वर्षीय विवेक प्रताप पन्त सेन्टर डिफेन्डर हुन्।

फोटो: एसजिएनसी
२०६९ सालको ‘ए’ डिभिजन लिगमा भक्तपुरे क्लब मध्यपुर युथ एसेसिएसनले पहिलो पटक शीर्ष श्रेणीको लिग खेल्दा विवेक टोलीका महत्त्वपूर्ण खेलाडी थिए। अघिल्लो सिजनमा मध्यपुर ‘बी’ डिभिजन लिगबाट बढुवा हुँदा विवेकको प्रदर्शन उत्कृष्ट रहेकाले माथिल्लो स्तरमा पनि प्रशिक्षक उपेन्द्र मान सिंहले उनलाई पुरै सिजन पहिलो रोजाईमा खेलाएका थिए।
त्यस सिजन एनसेल कप अन्तर्गत उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई क्वार्टरफाइनलमा पराजित गर्दै मध्यपुरले त्यस समय तहल्कै मच्चाएको थियो।

२०६९ सालको एनसेल कपमा एपीएफविरुद्ध विवेक
लिगबाट मध्यपुर रेलिगेसनमा परेसँगै विवेक त्रिभुवन आर्मी क्लबमा करारमा अनुबन्धित भए। विरेन्द्र सैनिक स्कुलबाट २०६८ सालमा कोकाकोला कप जित्दा टोलीको कप्तानी गरेका विवेकले १८ वर्षको कलिलो उमेरमै आर्मीको पहिलो रोजाइमा खेल्न थाले। उनले १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेल्दै देशको प्रतिनिधित्व गरेका थिए।

विरेन्द्र सैनिक स्कुलले कोका कोला कप जित्दा कप्तान विवेक
उच्च शिक्षा हासिल गर्ने शिलशिलामा विवेक अष्ट्रेलिया पलायन भए। उनले पढाईसँगै खेललाई पनि अगाडी बढाउने जमर्को गर्दै त्यहाँ हुने विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाए। एकपछि अर्को सफलता हात पार्दै गएका विवेकले यसै साता अष्ट्रेलियाको न्यू साउथ वेल्स स्टेटको नेसनल प्रिमियर लिग क्लब पार्रामात्तामा अनुबन्धित भए।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]