default_image

8 years ago

June 24, 2017

यू२३ फुटबल टोलीमा खेलाडीको कमी

127 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौँ  – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण असार ३१ गतेबाट युएईमा सुरु हुँदैछ उक्त प्रतियोगिताको तयारीमा नेपाली टोली विगत एक सातायता प्रशिक्षणमा व्यस्त छ। एन्फाले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको भनेपनि हाल प्रशिक्षणमा २८ खेलाडीमात्र सहभागी भएका छन्।

प्रतियोगिता सुरु हुन केहि सातामात्र रहेको अवस्थामा प्रशिक्षणमा पर्याप्त खेलाडी नहुनाले टोलीको तयारीमा केहि असर पर्ने प्रशिक्षक राजु काजी शाक्य पनि स्वीकार्छन। “लिग नहुनाले खेलाडी पर्याप्त रुपमा उपलब्ध भएका छैनन्। राष्ट्रिय टोलीलाई पनि भविष्यमा फाइदा पुग्ने हुनाले एन्फाले उमेर समूहको प्रतियोगिताहरु गर्दा राम्रो हुने देखिन्छ। आशा गरौँ चाडैं एन्फाले यसको योजना अगाडी ल्याउनेछ।”

निकै कठिन समुहमा पारेको नेपालको विगतका नतिजाहरु सुखद रहेका छैनन्। पछिल्लो पटक नेपालले यस प्रतियोगितामा सहभागिता जनाउदा ४ खेलमध्य ४ ओटैमा पराजय भोगेको थियो। २ वर्षअघि खेलिएको उक्त प्रतियोगितामा नेपालले प्यालेस्टाइनसँग ४-०, साउदी अरेबियासँग ६-०, अफगानिस्तानसँग २-० र आयोजक इरानसँग ५-०को पराजय व्येहोरेको थियो।

यसपटकको टोलीमा हेमन गुरुङको कप्तानीमा नेपालमा आयोजित साफ यू-१६ खेलेको टोली लगायत सुलभ मास्केको कप्तानीमा यू-१९ खेलेको टोलीका खेलाडीको सहभागिता रहने आशा गरिएपनि खेलाडीहरुको अनुपस्थितिले टोलीमा समस्या बढेको छ। त्यस समयका टोलीका केहि खेलाडी विदेशीएका छन् भने केहि खेलाडी नेपालमै रहेर पनि एन्फाको नामावलीमा पर्न सकेका छैनन्।

यू२३ उमेर समूह भनिएपनि नेपाली टोलीमा बिमल घर्ति मगरको कप्तानीमा यू१९ साफ च्याम्पियनसिप विजेता टोलीको खेलाडीहरुको बाहुल्यता रहने देखिन्छ। घरेलु लिग नहुनाले खेलाडीहरु पलायन हुन थालेको र अधिकांशले नेपालमै रहेर पनि फुटबलबाट टाढिनु परेको छ। १९/२० वर्षका खेलाडीहरुमा यू२३को प्रतियोगिता खेल्दा केहि अनुभवको कमि हुने भएकाले नेपाल थप समस्यामा परेको हो।

प्रशिक्षक शाक्य आफैंपनि यसले केहि बेफाइदा हुने स्वीकार्छन्। “हाम्रो टोलीमा युवा खेलाडीको जमात ठुलो छ। विदेशमा यू२३ टोली र राष्ट्रिय टोलीमा खासै भिन्नता हुन्। हाम्रो अहिलेको टोलीमा धेरै युवा खेलाडी छन्। यो उनीहरुलाई अनुभव बटुल्न राम्रो मौका हो तर नतिजाको आशा गर्न भने कठिन हुन्छ।”

साग जितेको टोलीबाट धेरै खेलाडीले उमेर हदबन्दिका कारण उपस्थिति जनाउने छैनन्। गोलरक्षक विकेश कुथु, विशाल राई, बिक्रम लामा, बिराज महर्जन, नवयुग श्रेष्ठ, लगायतका खेलाडीहरु यस प्रतियोगितामा सहभागी हुन पाउनेछैनन्।

हाल यू२३ टोलीमा २८ खेलाडी प्रशिक्षणरत छन् जसमध्य ४ जना गोलरक्षक रहेका छन् २३ खेलाडी सम्मिलित अन्तिम टोलीमा ३ गोलरक्षक राख्नुपर्ने प्रवाधान रहेको छ। प्रशिक्षक शाक्य टोली छनोट गर्दा थोरै खेलाडी रहेकाले वैकल्पिक खेलाडीमा खासै राम्रो स्तर फरक नदेखिनेमा चिन्तित छन्

प्रशिक्षणमा आएका २८ खेलाडी:

गोलरक्षक: एलेन न्यौपाने, किशोर गिरि, रोमन रसाइली, अशोक बराल

डिफेन्डर: अनन्त तामाङ, गौरब बुढाथोकी, दिनेश राजबंशी, कमल श्रेष्ठ, निरज बस्नेत, लक्ष्मण जिसी, छिरिङ गुरुङ, अमित तामाङ, विश्वास श्रेष्ठ, बिबेक बस्नेत, सुमन अर्याल

मिडफिल्डर: हेमन गुरुङ, हेमन्त थापा मगर, सुनिल बल, सुमन लामा, डोना थापा, पुजन उपरकोटी, तेज तामाङ, सन्जोग राइ, मिशन लामा

फरवार्ड: बिमल घर्ति मगर, अन्जन बिष्ट, अनिल गुरुङ, सुजित गुरुङ

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.