8 years ago
June 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यु२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले असारको अन्त्यतिर मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। संयुक्त अरब इमिरेट्समा (युएई) हुने प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ।

प्रतियोगिताको तयारीमा विगत डेढ सातायता एन्फा कम्प्लेक्समा प्रशिक्षणरत टोलीले असार २७ गते बंगलादेशको यू२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ। मैत्रीपूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा खेलिनेछ।
आयोजक युएईसँगै नेपालको समूहमा उज्बेकिस्तान र लेबनान रहेका छन्। नेपालले पहिलो खेलमा आयोजक राष्ट्र युएईसँग खेल्दैछ भने साउन २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेलमा नेपालले साउन ४ गते लेबनानको सामना गर्नेछ।
बंगलादेश समूह ‘इ’मा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइनसँग रहेको छ। बंगलादेशले पहिलो खेल साउन ४ गते खेल्नेछ। बंगलादेशको सबै खेल प्यालेस्टाइनमा खेलिनेछ।
टोलीको अन्तिम छनोट अर्को साता हुने व्यवस्थापक संजिव मिश्रले जानकारी दिए। “यू२३ टोलीमा १० जना राष्ट्रिय खेलाडी रहेका छन्। टोली कमजोर छैन। प्रशिक्षकको आवश्यकता अनुसार २० देखि २३ खेलाडीको छनोट गरिनेछ।”
नेपाली टोली असार २९ गते युएईतर्फ प्रस्थान गर्नेछ।टोलीका प्रशिक्षकमा राजु काजी शाक्य, सहायक प्रशिक्षक प्रकास अर्याल र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन्।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]