काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले आइतबार एनपिएलमा विजयी भएको छ । जगजितको टोलीले रिचमन्ड सकर क्लबलाई ३–१ ले हराएको छ ।

जगजित श्रेष्ठ । फाइल तस्बिर
सनसाइन क्रस एफसी क्लबबाट दुई साताअघि नवावडिङमा पुगेपछि जगजितको त्यो तेस्रो खेल हो । उनको ‘‘डेब्यू’ खेलमा टोली विजयी भएपछि गत साता भने टोली मोरल्यान्ड सिटी एफसीसँग ३–१ ले पराजित भएको छ ।
जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा २१ अंक सहित आठौं स्थानमा छ । गत बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए ।