default_image

8 years ago

June 26, 2017

जर्मनी अपराजित रहँदै सेमिफाइनलमा

106 views

0 Bookmark

एजेन्सी – क्यामरुनमाथि शानदार जित दर्ता गर्दै विश्वकप विजेता जर्मनी समूह चरणमा अपराजित रहँदै फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार रातीको खेलमा जर्मनीले अफ्रिकन च्याम्पियन क्यामरुनलाई ३-१ले पराजित गरेको हो।

सेमिफाइनल पुग्ने सम्भावना बोकेका दुवै टोलीले पहिलो हाफमा निकै प्रयास गरेपनि कुनै टोलीबाट गोल हुन सकेको थिएन। तर, दोश्रो हाफको ४८औं मिनेटमा केरेम डेमिरबाएले गोल गर्दै जर्मनीलाई खेलमा सुरुवाती अग्रता दिलाए।  राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका डेमिरबाएले डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। क्यामरुनका खेलाडी अर्नेस्ट बुकाले ६४औं मिनेटमा एम्रे च्यानलाई फल गरेबापत रातो कार्ड पाएपछि जर्मनीलाई खेलमा थप सहज भएको थियो। टिमो वेर्नरले ६७औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए। उनले डाइभीङ हेडर गर्दै गरेको प्रहर गोलरक्षकले बचाउन सकेनन्।

तर खेलको नियमित समयको १२ मिनेट बाँकी हुँदा क्यामरुनले खेलमा फर्कने संकेत देखायो। भिन्सेन्ट अबुबकारले क्यामरुनका लागि गोल गर्दै अग्रता घटाएका थिए। तर वेर्नरले खेलमा व्यक्तिगत दोश्रो गोल गर्दै पुन: २ गोलको अग्रता बनाए। थप गोल हुन नसकेपछि जर्मनीले खेल ३-१ले जित्यो।

समूहको अंक तालिकामा २ जित र १ हारसँगै ७ अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो। पुछारमा रहेको क्यामरुन भने समूह चरणबाटै बाहिरियो। जर्मनीले सेमीफाइनलमा मेक्सिकोको सामना गर्नेछ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.