8 years ago
June 28, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमने सामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति अपराजित रहेका दुवै टोलीका प्रशिक्षकले आफ्नो टोली अब्बल रहेको दावा गरेका छन्।

युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा आइपुगेको हो। दुवै टोलीले जारी प्रतियोगितामा हार व्येहोरेका छैनन्। फाइनल प्रवेशका निम्ति सो नतिजालाई कायम राख्न दुवै टोलीलाई दबाव छ।
समूह ‘बी’को उपविजेता चिलीले पहिलो खेलमा क्यामरुनलाई २-०ले पराजित गरेपनि पछिल्ला २ खेलमा भने अंक बाँडेको थियो। जर्मनीसँग १-१को बराबरी खेलेको चिलीले अन्तिम खेलमा अष्ट्रेलियासँग पनि १-१कै बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
समूह ‘ए’को विजेता पोर्चुगल्ले पहिलो खेलमा मेक्सिकोसँग २-२को बराबरी खेलेको थियो भने दोश्रो खेलमा रसियालाई १-०ले पराजित गर्यो। समूहको अन्तिम खेलमा न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै पोर्चुगलले दोश्रो चरणमा आफ्नो स्थान पक्का गरेको थियो।
पोर्चुगलका लागि डिफेन्डर राफेल गुर्रेरो प्रतियोगिताको बाँकी खेलमा चोटका कारण उपस्थित हुने छैनन्। खुट्टामा चोट लागेका कारण उनलाई प्रशिक्षकले विश्राम दिने निर्णय गरेका हुन्। पोर्चुगलका लागि डिफेन्डर पेपे समूह चरणमा पाएको २ पहेंलो कार्डका कारण उपलब्ध हुने छैनन्। डिफेन्डर सेड्रिक र मिडफिल्डर बर्नार्डो सिल्भा पनि चोटका कारण सुरुवातदेखि खेल्नेमा शंका रहेको छ।
चिलीको लागि भने टोलीमा केहि समस्या रहेको छैन। अष्ट्रेलियाविरुद्धको खेलमा डिफेन्डर ग्यारी मेडेल चोटका कारण विश्राममा बसेका थिए। प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले यस खेलका लागि मेडेल उपलब्ध रहने बताएका छन्। यसैगरी अष्ट्रेलियासँगको खेलमा कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले पनि पुनरागमन गरेका छन्। पहिलो २ खेलमे वैकल्पिक खेलाडीका रुपमा बेन्चमै रहेका उनले पोर्चुगलविरुद्ध सुरुवात गर्ने सम्भावना प्रबल छ।
पोर्चुगलको सम्भावित एघार:
रुइ प्याट्रीसियो (गोलरक्षक)
सेड्रिक – ब्रुनो आल्भेस – जोसे फोन्टे – एलिसेउ
बर्नार्डो सिल्भा – विलियम कार्भाल्हो – जोआओ मोउटिन्हो – रिकार्डो करेज्मा
आन्द्रे सिल्भा – क्रिस्टियानो रोनाल्डो (कप्तान)
चिलीको सम्भावित सुरुवाती एघार:
क्लाउडियो ब्राभो (कप्तान)
मौरिसियो इस्ला – ग्यारी मेडेल – गोन्जालो जारा – कार्लोस मेना
मार्सेलो डिआज
जोसे अरान्गुइज – हर्नानडेज
आर्टुरो भिडाल
एडुआर्डो भार्गास – एलेक्सिस स्यान्चेज
खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]