8 years ago
June 29, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने दोश्रो सेमिफाइनल खेलमा जर्मनी र मेक्सिको आमनेसामने हुँदै छन्। जर्मनी समूह ‘बी’ को विजेता बन्दै दोश्रो चरणमा आइपुगेको हो भने मेक्सिको समूह ‘ए’को उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको थियो।

समूह चरणका तिनै खेलमा दुवै टोलीले हार व्येहोरेका थिएनन्। दुवै टोलीले २ जित र १ बराबरीसँगै ७ अंक जोडेर सेमिफाइनलमा स्थान पक्का गरेका थिए। पछिल्ला ३ खेलमा २ गोलको दरले ६ गोल गरेको मेक्सिको कमजोर जर्मन डिफेन्सको फाइदा उठाउँदै फाइनलमा पुग्ने दाउमा छ भने तुलनात्मक रुपमा आफ्नो केहि कमजोर टोली ल्याएको जर्मनी भने चिलीसँग फाइनल खेल्ने सुरमा हुनेछ।
जर्मनीका लागि समूह चरणको अन्तिम खेलमा क्यामरुन विरुद्ध २ गोल गरेका फरवार्ड टिमो वेर्नर र त्यसअघिका २ खेलमा २ गोल गरेका लार्स स्टीन्डल आक्रमणमा रहेका छन्। यद्दपी स्थान अभावका कारण यी दुइमध्य १ खेलाडी मात्र खेल्ने सम्भावना प्रबल छ। प्रशिक्षक जोकिम लोले प्रतियोगिताको सुरुवातमै लेरोय साने र डिएगो डेम्मेलाई चोटका कारण गुमाइसकेका छन्।
यता मेक्सिकोका नियमित कप्तान आन्द्रेस गुआर्डाडो दोहोरो पहेंलो कार्डका कारण यस खेलका लागि प्रतिबन्धित छन्। उनीसँगै चोटका कारण कार्लोस सालसीडो पनि यस खेलमा उपस्थित हुने छैनन्। चोटकै कारण डिएगो रेयेस र जाभियर हर्नान्डेजको उपस्थितिमा पनि शंका उत्पन्न भएको छ।
जर्मनीका प्रशिक्षक जोकिम लोले युवा खेलाडीहरुको लागि अनुभव बटुल्न यस प्रतियोगितालाई प्रयोग गरेपनि टोलीले राम्रो प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको छ। उनले भविष्यमा राष्ट्रिय टोलीमा खेल्न सक्ने सम्भावना बोकेका खेलाडीहरुलाई समेटेर युवा टोलि बनाएका थिए। डिफेन्समा केहि समस्या देखिएपनि समयसँगै त्यसमा सुधार आउनेमा लो विश्वस्त छन्।
खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]