default_image

8 years ago

June 30, 2017

स्पेन र जर्मनी उपाधिको लागि भिड्दै

123 views

0 Bookmark

एजेन्सी – युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत बिहिबार राती हुने फाइनल खेलमा स्पेन र जर्मनी आमनेसामने हुँदैछन्। पोल्याण्डको मार्सल जोजेफ रंगशालामा हुने खेल नेपाली समयानुसार मध्यरातको १२:३० बजे सुरु हुनेछ।

स्पेनले सेमिफाइनलमा साउल निगुएजको ह्याट्रिकको मद्दतले इटालीलाई ३-१ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यता जर्मनीले भने इंगल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउंदै उपाधि भिडन्तमा आफ्नो स्थान बनाएको हो। स्पेन जारी प्रतियोगितामा अपराजित रहेको छ भने जर्मनीले समूह चरणको अन्तिम खेलमा इटालीसँग पराजय भोगेको थियो।

दुवै टोलीमा सिनियर राष्ट्रिय टोलीका लागि प्रतिनिधित्व गरिसकेका खेलाडीको सहभागिता रहेको छ। स्पेनमा मार्को एसेन्सियो, साउल निगुएज लगायतका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने जर्मनीमा म्याक्स मायर, सर्ज नाब्री लगायतका उपस्थिति रहेको छ।

सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका डेबिड सेल्के जर्मनीका लागि अनुपस्थित रहने सम्भावना प्रबल छ। उनले इंग्ल्याण्डविरुद्धको खेलमा चोट बोकेका थिए। स्पेनको सबै खेलाडी पूर्णरुपमा फिट छन् र प्रशिक्षक अल्बर्ट सलाडेसले आफ्नो सर्वोत्कृष्ट टोली उतार्नेछन्।

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

Success

Thank you for your time.