default_image

8 years ago

July 4, 2017

इन्डोनेसियामा रोहितको टोली रोकियो

128 views

0 Bookmark

जाकार्ता (एजेन्सी)– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक क्लब पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा बराबरी खेलेको छ । मंगलबार भएको खेलमा पर्सिजाले ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो ।

पर्सिजा जाकार्ता । फाइल तस्बिर

अवे खेलको नवौं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा रोहितको टोलीले बराबरीमा चित्त बुझाउनु परेको थियो । लुइज जुनियरको गोलबाट पर्सिजाले अग्रता लिएको थियो । उनले बुर्नो पलोपेजको पासमा गोल गरेका हुन् । तर, २८ औं मिनेटमा रुस्तियावानले गोल फर्काएँदै खेललाई बराबरीमा पु¥याएका थिए ।

यसअघि असार २ को खेलमा पहिलो हाफ आराम दिएपनि मंगलबार भने रोहितले पुरा समय खेलेका थिए । रोहितको टोलीले यसअघि लगातार चार खेल जित्दै अंक तालिका  निकै सुधार गरेको थियो ।

१२ खेलपछि ५ जित ४ बराबर र ३ हारका साथ पर्सिजाको १८ अंक छ र टोली छैटौं स्थानमा छ । शीर्षस्थानमा रहेको प्रेसातुन सेपाकबोला माकासारको २३ अंक छ । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले गएराती गोलरहित बराबरी खेलेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.